Saturday 18th April 2026

यसिया कपको छनाैट खेलमा नेपाल युएइसँग पनि पराजित


तितोपाटी – नेपाल एसिया कपको छनाैट चरणमा युएइ सँग पनि पराजित भएको छ । एसिया कप छनाैट खेलमामा नेपालले लगातार दोस्रो खेलमा पराजित हुनु परेको हो । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाल दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित भयो। युएईले नेपालसामु जीतका लागि २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, नेपाल ४८.५ ओभरमा मात्र १७६ रनमा अलआउट हुन पुग्यो ।

नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ४० तथा सोमपाल कामीले २७ रन बनाए ।नेपालका ६ खेलाडीले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् । युएईका लागि अहमद राजाले ४ तथा मोहमद नाभिदले ३ विकेट लिए ।

मलेसियाको राजधानी क्वालालम्पुरमा भएको खेलमा नेपालले युएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियो । पहिलो ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५४ रन बनायो ।

तर, कप्तान पारसको यो निर्णय गलत साबित हुनपुग्यो । युएईका ओपनरले अर्धशतीयक साझेदारी गर्दै टोलीलाई राम्रो शुरुवात दिलाए ।

ओपनर मोहमद असफाक अहमद ४५ रन बनाएर १२ औँ ओभरमा आउट हुनअघि उनले ४५ रन बनाए ।

कप्तान रोहन मुस्तफा १ रनमा आउट भएपछि रामिज शहजाद र चिराग सुरीले खेल सम्हाले । सुरी रनआउट हुनअघि टोलीका सर्वा्धिक ६५ रन बनाए भने शहजादले ३५ रनको योगदान दिए ।

त्यस्तै, अदनान मुफ्तीले अर्धशतक बनाएपछि युएई विशाल योगफल तर्फ लम्कियो ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २४ रन खर्चदै चार विकेट लिए भने । बसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र…

मध्यपूर्वको तनावपूर्ण अवस्थाबीच इरान ले आफ्नो हवाई क्षेत्र पुनः खोल्दै विमानस्थलहरू क्रमशः सञ्चालनमा ल्याउन थालेको छ। केही दिनअघिसम्म सुरक्षा जोखिमका…

इरानले Strait of Hormuz हुँदै जाने व्यावसायिक जहाजहरूको आवतजावत खुला गर्ने घोषणा गरेको छ। यो निर्णय लेबनानसँग सम्बन्धित युद्धविराम अवधिसम्म…

प्रतिकृयाहरू
...