Saturday 20th December 2025

यसिया कपको छनाैट खेलमा नेपाल युएइसँग पनि पराजित


तितोपाटी – नेपाल एसिया कपको छनाैट चरणमा युएइ सँग पनि पराजित भएको छ । एसिया कप छनाैट खेलमामा नेपालले लगातार दोस्रो खेलमा पराजित हुनु परेको हो । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाल दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित भयो। युएईले नेपालसामु जीतका लागि २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, नेपाल ४८.५ ओभरमा मात्र १७६ रनमा अलआउट हुन पुग्यो ।

नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ४० तथा सोमपाल कामीले २७ रन बनाए ।नेपालका ६ खेलाडीले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् । युएईका लागि अहमद राजाले ४ तथा मोहमद नाभिदले ३ विकेट लिए ।

मलेसियाको राजधानी क्वालालम्पुरमा भएको खेलमा नेपालले युएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियो । पहिलो ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५४ रन बनायो ।

तर, कप्तान पारसको यो निर्णय गलत साबित हुनपुग्यो । युएईका ओपनरले अर्धशतीयक साझेदारी गर्दै टोलीलाई राम्रो शुरुवात दिलाए ।

ओपनर मोहमद असफाक अहमद ४५ रन बनाएर १२ औँ ओभरमा आउट हुनअघि उनले ४५ रन बनाए ।

कप्तान रोहन मुस्तफा १ रनमा आउट भएपछि रामिज शहजाद र चिराग सुरीले खेल सम्हाले । सुरी रनआउट हुनअघि टोलीका सर्वा्धिक ६५ रन बनाए भने शहजादले ३५ रनको योगदान दिए ।

त्यस्तै, अदनान मुफ्तीले अर्धशतक बनाएपछि युएई विशाल योगफल तर्फ लम्कियो ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २४ रन खर्चदै चार विकेट लिए भने । बसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिए ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...