Friday 23rd October 2026

नमूना विश्वकर्मा समाज नेपाल कुवेतको अध्यक्षमा अनामिका


नमूना विश्वकर्मा समाज नेपाल कुवेतको सातौ वार्षिक उत्सव तथा नमूना विश्वकर्मा समाज नेपाल कुवेतको अध्यक्षमा अनामिका ति पदाधीकारी हेरफेर समारोह सम्पन्न भएको छ । जिलिव स्थित पपिन्स हलमा हिजो आयोजित समारोहले अनामिका तिरूवालाई नेतृत्व सुम्पिदै २१ सदस्सिय नया कार्यसनिति निर्माण गरेको छ ।

समाजका अध्यक्ष कुलबहादुर विस्वकर्माको सभापतित्व , दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता तथा पत्रकार महासघ कुवेत शाखा अधयक्ष राज मल्ल विशेष अतिथि रहेको समारोहमा कुवेतमा कृयाशिल सघ सस्थाका पदाधीकारी लयागत ब्यक्ति बिशेषहरुको बाक्लो उपस्थित रहेको थियो ।

पन्जेवाजाको बेजोड प्रस्तुति रहेको कार्यक्रममा समाजद्वारा पत्रकार महासघ कुवेतका अध्यक्ष राज मल्ल , फोटोग्राफर इन्द्र थापा , सामाजिक अभियन्ता राममाया श्रेष्ठ सगै पन्चेवाजा समुहलाई सम्मान गरिएको छ ।

प्रमुख अतिथि लगायतले वार्षिक उत्वस तथा नया कार्यसिमितिलाई शुभकामना ब्यक्त गर्दै नमुना विश्वकर्मा समाज कुवेतको नेपाली समाजमा साचिकै नमुनाको बनेर उदाउने अपेक्षा समेत गरेका थिए । कार्यक्रममा संयोजक ज्ञानबहादूर गजमेरको स्वागत राखेका थिए भने सन्चालन अनामिका तिरवा सगै सुरेश कालिकोटेले संयूक्तरुपमा गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...