Thursday 18th June 2026

नेपाल अोमानसँग ७ विकेटले पराजित भयो


तितोपाटी – एसिया कप छनोटको पहिलो खेलमा एक दिवसिय मान्यता प्राप्त नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ । टस हासेर पहिले ब्याटीङ गरेको नेपालले ९ विकेट गुमाएर प्रस्तुत गरेको २ सय २२ रनको लक्ष्य अोमानले ४८ ओभरमा ३ विकेट गुमाएर भेटायो ।

नेपालका लागि पारस खड्काले मात्र विकेट लिन सके । ओमानका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

मलेसियामा सुरु छनोट प्रतियोगितामा नेपालले ओमानसँगको यो पहिलो खेल हो । खेलमा सागर पुनले बनाएको ८३ रनको मद्दतमा नेपालले मध्यमस्तरको लक्ष्य दिएको थियो ।

कमजोर टिम मानिएको ओमानले नेपाललाई पराजित गरेपछि एसिया कपमा छनोट हुने नेपालको सम्भावना अन्य देशको नतिजामा भर पर्नुपर्ने हुन्छ । अब बाँकी चारै वटा खेल जितेपनि नेपालले अरुको नतिजा कुर्नुपर्ने हुन्५ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

लुलु हाइपरमार्केट र लुलु एक्सचेन्जले कुवेतभरका ग्राहकहरूलाई अझ बढी मूल्य प्रदान गर्ने उद्देश्यसहित रणनीतिक सहकार्य घोषणा गरेका छन्। यस सहकार्यअन्तर्गत…

प्रतिकृयाहरू
...