Friday 26th December 2025

गाँजामा हमाससँग युद्ध गरिरहेको ईजरायल लेबनानमा हजबुल्लाहसँग पनि भिडदै


इजरायलका रक्षामन्त्री योभ गालान्टले लेबनानको सीमामा इजरायल र हिजबुल्लाहबीच गोली हानाहान बढेको बताएका छन् ।

इजरायली सेनाले बुधबार दक्षिणी लेबनानका धेरै क्षेत्रमा हवाई आक्रमण गरेको र हिजबुल्लाह कमाण्डर मारिएको बताएको छ । यी आक्रमणमा पाँच बालबालिकाको पनि मृत्यु भएको छ । हिजबुल्लाहका एक वरिष्ठ अधिकारी हसन फदलाल्लाहले इजरायलले यसको मूल्य चुकाउनु पर्ने बताए।

लेबनानले आफ्नो सैन्य कमाण्डको मुख्यालयमा आक्रमण गरेपछि इजरायलले बुधबार ठूलो जवाफी हवाई हमला गरेको छ। अहिलेसम्म यी आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको पुष्टि भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार लेबनानी अधिकारीहरूले दक्षिणी लेबनानमा बुधबार भएको आक्रमणमा एकै परिवारका पाँच जनाको मृत्यु भएको र एक बालकलाई भग्नावशेषबाट जिउँदै निकालिएको जानकारी दिएका छन्।

लेबनानको आधिकारिक मिडिया र हिजबुल्लाहले बुधबारको आक्रमणमा कुल १० जनाको मृत्यु भएको जनाएका छन्, जसमध्ये आठ जना सर्वसाधारण थिए।
इजरायल र हिजबुल्लाह बीचको भिडन्त सुरु भएदेखि लेबनानी पक्षमा ३८ नागरिकसहित २५४ जनाको ज्यान गएको छ भने इजरायली पक्षमा १० सैनिक र ६ नागरिकको मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

१७ वर्षको निर्वासन पछि, बंगलादेश राष्ट्रवादी पार्टी (BNP) का नेता र दक्षिण एसियाली राष्ट्रको आगामी प्रधानमन्त्री बन्ने अग्रपंक्तिमा रहेका तारिक…

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

प्रतिकृयाहरू
...