Sunday 7th June 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः स्वर्ग जस्तै सुन्दर…


स्वर्ग जस्तै सुन्दर लाग्छ मेरो देश
आफ्नो प्राण भन्दा प्यारो ठान्छु यो देश
नेपाली हुनमा गर्व छ
हामी सबै मिलीजुली देश बनाउनु पर्छ
 
देशको इज्जत गर्नुपर्छ
देशको लागि केही गर्न सक्नुपर्छ
नेपाल माताको चरणमा ढोग्नुपर्छ
मन भरि दिल भरि देशलाई राख्नुपर्छ
 
हाम्रो बानी सधैँ स्वाभिमानी हुनुपर्छ
धेरै भाषा धेरै जाति खुसी साथ बस्नुपर्छ
आफ्नो पौरख र मिहिनेतले देश बदल्नु छ
सगरमाथा शिर हाम्रो हामीले चिन्नुपर्छ
 
स्वर्ग जस्तै सुन्दर लाग्छ मेरो देश
आफ्नो प्राण भन्दा प्यारो ठान्छु यो देश ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

लेबनानी हिजबुल्लाह समूहका महासचिव नाइम कासेमले लेबनान र इजरायलका प्रतिनिधिबीच अमेरिकी मध्यस्थतामा घोषणा गरिएको सशर्त युद्धविराम प्रस्तावलाई अस्वीकार गर्दै त्यसलाई…

BYD आयात विवाद अहिले केवल एउटा कम्पनी वा केही गाडीको विषय मात्र नभई नेपालको राजस्व प्रशासन, भन्सार प्रणालीको पारदर्शिता र…

निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा महाबुल्लास्थित सुपर क्लिनिकमा आयोजित एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक…

प्रतिकृयाहरू
...