Saturday 24th October 2026

बाँसबारी प्रकरणमा पक्राउ परेका चौधरीसहित तीनै जना हिरासत्त मुक्त


बाँसबारी छालाजुत्ता प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीनै जना हिरासत्त मुक्त भएका छन्।

जिल्ला अदालत काठमाडौँले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनीहरू रिहा भएका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुरलाई गत माघ १८ गते पक्राउ गरेको थियो। प्रहरी हिरासत भनिए पनि उनीहरू स्वास्थ्यको कारण देखाउँदै सुरुमा चिरायु र त्यसपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए।

पक्राउ परेका तीनै जना माथि बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोप छ। अदालतले प्रहरी अनुसन्धान यथावत् हुने गरी तीनै जनालाई रिहा गर्न आदेश दिएको हो। प्रहरी अनुसन्धान भने जारी छ।

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उक्त आदेश दिएको हो। इजलासले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएको भनेपछि प्रहरीले तीनै जनालाई छाडेको हो।

मुलुकी अपराध संहितामा कुनै व्यक्तिलाई हिरासतमा राख्नुपर्ने नदेखिएमा सरकारी वकिलको सहमति अनुसार अनुसन्धान अधिकृतले ती व्यक्तिलाई हाजिर जमानी वा तारेखमा छाड्न सक्ने व्यवस्था छ। सिआइबीले यही दफा प्रयोग गरेर उनीहरूलाई रिहा गरेको हो।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...