Monday 16th June 2025

सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरूण चाैधरी पक्राउ


प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरेको हो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सेटिङमा आफ्नो नाममा गरेको आरोप उनलाइ लागेको छ ।

चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई अहिले सीआईबी हिरासतमा राखिएको छ । चाैधरी हाल सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् भने उनी उद्योगपति विनोद चाैधरीका भाइ पनि हुन्।

वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि १० रोपनी जग्गालाई आफ्नो निजी बनाएको बताइन्छ । यस प्रकरणमा उनका साथै बाँसबारी छाला जुत्ता कारखानाका तत्कालिन अध्यक्ष अजितनारायणसिंह थापा समेत पक्राउ परेका छन् । थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए ।


सम्बन्धित शीर्षकहरु

सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको तथा साम्प्रदायिक सद्भावनामा खलल पुर्‍याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एबम पुर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको…

“हाम्रो संस्कृति, हाम्रो पहिचान; हाम्रो लिपि–भाषा, हाम्रो शान” भन्ने मूल नारासहित कुवेतमा ‘वाणी र व्यवस्थापन तथा वक्तृत्वकला एवं कार्यक्रम सञ्चालन…

प्रतिकृयाहरू
...