तीतोपाटी- सांसद राजेन्द्र लिङ्देनले नेपाल वायु सेवा निगमकाे वाइडबडी खरिद गर्दा भएकाे अनियमितताकाे छानबिन गर्न सरकारसंग माग गरेका छन् ।
संघीय संसदमा अाज प्रधानमन्त्री अाेलीसमक्ष सांसद लिङदेनले प्रधानमन्त्रीकाे मुख्य मुद्धा भ्रष्ट्राचारकाे विषय भएकाे भन्दै नेपाल वायु सेवा निगमकाे कुरा उठाएकाे बताए ।
उनले भने, “वाइडबडि खरिदमा अत्यन्तै भ्रष्ट्राचार भएकाे कुरा अाइरहेकाे छ,समय अभावले म सबै कुरा भन्न त सक्दिन तर अर्बाैंकाे भ्रष्ट्राचार भएकाे छ, छानबिन गर्न प्रधानमन्त्रीलाई सहयाेग हाेस् भनेर याे विषय उठाएकाे छु । ”
साथै उनले गत असार २८ गते संसदमा उठाएकाे स्वीस बैंकमा नेपालकाे अर्बाैं रकम रहेकाे कुरा स्मरण गराउँदै नेपाली पैसाबारे छानविन गर्न पनि माग गरे ।
लिङदेनले सन् २००८ देखि २०१७ को बीचमा स्वीस बैंकमा ३३ अर्ब रुपैयाँ जम्मा भएको भन्दै त्यसको छानबिन गर्न माग गरेका थिए ।
यसअघि महालेखाको प्रतिवेदनले पनि नेपाल वायु सेवा निगमकाे २ वटा एयरबस खरिदमा अनियमिता भएको ठहर गरेकाे थियाे ।