Wednesday 13th May 2026

भ्रष्टाचार व्याप्त मुलुकको सूचीमा नेपालले सुधार गर्न सकेन


भ्रष्टाचार व्यप्त मुलुकको सुचीबाट नेपालले अझै सुधार गर्न सकेको छैन । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले भ्रष्टाचार व्याप्त हुने सूचीमै नेपाललाई राखेको छ। गत वर्षको तुलनामा केही सुधार भए पनि भ्रष्टाचार व्याप्त मुलुकको अग्रपंतिमा रहेका मुलुकहरूको सूचीमा नेपाल रहेको टीआईले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२३ ले पनि भ्रष्टाचार मुलुकको गम्भीर समस्याका रूपमा देखाएको छ।

भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) ०२३ मा नेपालले ३५ अंक पाएको छ। १८० देशको तथ्यांकमा नेपाल १०८ औं स्थानमा छ। भ्रष्टाचार कम हुने देशले धेरै अंक पाउँछन्। ०२२ मा नेपालको अंक ३४ थियो। अर्थात् ११०औं स्थान थियो। अघिल्लो वर्षभन्दा एक अंक सुधार भए पनि भ्रष्टाचार नियन्त्रणमा भने खासै उपलब्धि नभएको सूचकांकले देखाएको छ।

सीपीआईमा एक अंक सुधार भएको देखिए पनि मुलुकमा भ्रष्टाचार भने झनै बढेको विज्ञहरू बताउँछन्।

यस वर्षको प्रतिवेदनमा विभिन्न देशको औसत अंक ४३ छ। ५० भन्दा कम अंक पाउने देशमा भ्रष्टाचार संस्थागत एवं धेरै छ भन्ने देखाउँछ। एसिया प्रशान्त क्षेत्रको औसत अंक ४५ छ। नेपालको पनि औसत अंकभन्दा निकै कम छ। विश्वका दुईतिहाइ बढी मुलुकमा भ्रष्टाचार मौलाएको सीपीआईले देखाउँछ। ती देशमा भ्रष्टाचार गम्भीर समस्याका रूपमा रहेको उल्लेख छ। यो सूचकांकमा १८० देश सहभागी छन्।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा केही यस्ता बुँदाहरू समावेश भएका छन्, जसले दीर्घकालीन रूपमा मुलुकमा आशा…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित देशव्यापी रूपमा “सरसफाइ सप्ताह २०८३” घोषणा…

प्रतिकृयाहरू
...