Wednesday 1st July 2026

नेपालमा ‘पाँच तारे डिलक्स’ होटल एउटा, पाँचतारे होटल १६ पुगे, ४ वटाले गरेनन् लाइसेन्स नवीकरण


नेपालमा पाँच तारे र सो स्तरभन्दा माथिको होटल संख्या १७ पुगेको छ । पर्यटन विभागले सार्वजनिक गरेको नयाँ वर्गीकरण अनुसार पाँचतारे डिलक्स होटलको स्तरमा एक र पाँच तारे स्तरको होटल संख्या १६ पुगेको हो ।

देशभरी सञ्चालनमा रहेका पाँचतारे होटल मध्ये पुष २६ गतेसम्म चार वटाले लाइसेन्स नवीकरण नगर्दा नेपालमा दर्ता र नियमित नवीकरण भएका पाँच तारे होटलको संख्या १७ मात्र कायम हुन पुगेको विभागल जनाएको छ । होटलले हरेक ५–५ वर्षमा इजाजत पत्र नवीकरण गर्नुपर्छ ।

विभागका अनुसार काठमाडौँमा सञ्चालित याक एण्ड यती, र्‍याडिसन, एभरेष्ट र पोखराको द फू लबारी होटलले भने इजाजत पत्र नवीकरण गरेका छैनन् ।

पुस २६ गतेसम्म विवरण अद्यावधिक गरेर नवीकरण गरेका डिलक्स पाँचतारे होटेलहरुमा काठमाडौँका १०, बाँकेका २, झापाका २, कास्की, रुपन्देही र बारामा १–१ वटा पाँचतारे होटेल रहेका छन् ।

जसमध्ये झापाको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि पाँचतारे डिलक्स होटेलको स्तरमा सञ्चालनमा रहेको विभागले जनाएको छ । नवीकरण भएका डिलक्स सहित १६ वटा पाँचतारे होटेलहरुमा दुई हजार तीन सय ४६ वटा कोठाहरु रहेका छन् ।

यी हुन् पाँच तारे डिलक्स र पाँच तारेमा वर्गीकरण पाएका होटल

– होटल मेची क्राउन, झापा (पाँच तारा डिलक्स)

– सोल्टी होटल लिमिटेड, काठमाडौँ

– होटल डेला अन्नपूर्ण, काठमाडौँ

– पोखरा ग्राण्ड, पोखरा

– तारागाउँ रिजेन्सी, बौद्ध

– द मल्ल होटल, काठमाडौँ

– होटल साङ्ग्रिला, काठमाडौँ

– टाइगरवान प्रालि, रुपन्देही

– सोल्टी वेस्टेन्ड प्रिमियम, नेपालगञ्ज

– होटल सेन्ट्रल प्लाजा, कोहलपुर

– होटल मेरियट, काठमाडौँ

– होटल द किङ्ग्सबरी, विर्तामोड

– सिटी होटल लिमिटेड, काठमाडौँ

– होटल अलफ्ट, काठमाडौँ

– इच्छा होटल, बारा

– होटल ल्हासा इन्टरनेसनल, काठमाडौँ

– अकामा होटल, काठमाडौँ

कसरी हुन्छ वर्गीकरण ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ माघ २०७७ मा राजपत्रमा एक सूचना जारी गर्दै एकतारेदेखि पाँच तारे डिलक्ससम्मका होटलको वर्गिकरणका लागि मापदण्ड तोकेको थियो । सो मापदण्ड पूरा गर्ने होटलले स्तर अनुसार तारा पाउँछन् । होटल रहने क्षेत्रफलदेखि संरचना सहितको अनुगमनपछि विभागले स्तर निर्धारण गर्छ ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

१५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको…

कराची मा शनिबार राति भएको आक्रमणपछि पाकिस्तानी रेंजर्सको सिंध क्याम्पमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (ISPR)…

प्रतिकृयाहरू
...