Sunday 19th May 2024

एउटा बौद्ध गुम्बा सहित बंगलादेशमा चुनावको एक दिन पहिले १४ ठाउँमा आगजनी भएका छन


बंगलादेशमा निर्वाचनको अघिल्लो दिन १४ वटा मतदान केन्द्रमा आगजनी भएको छ । राजधानी ढाकाको बाहिरी भागमा रहेको एउटा मतदान केन्द्रसहित बंगलादेशका कम्तीमा १४ मतदान केन्द्रमा आगजनी गरिएको छ ।

बंगलादेशमा हुन गइरहेको निर्वाचनको एक दिन अघि शिलशिलेवार आक्रमणको लहर आएको छ। गत शुक्रबार, व्यस्त यात्रु ट्रेनमा कथित रूपमा आगजनी गरिएको थियो, जसमा चार यात्रुको मृत्यु भएको थियो। अधिकांश विपक्षी दलहरूले चुनाव बहिष्कार गरिरहेका छन्, जसमा प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने पक्का छ।

मध्य ढाकाको एक यात्रु रेलमा शुक्रबार भएको आगलागीमा संलग्न भएको आशंकामा बंगलादेश नेसनलिस्ट पार्टी बीएनपी का प्रमुख विपक्षी राजनीतिज्ञ नबिउल्लाह नाबी र पार्टीका अन्य छ जना कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ढाका अस्पतालका वरिष्ठ अधिकारी सामन्त लाल सेनका अनुसार आठ जना गम्भीर घाइते भएका छन्।

स्थानीय मिडियाले दक्षिण(पूर्वी सहर चटगाउँमा रहेको एउटा बौद्ध मन्दिरमा आगजनी भएको र सत्तारुढ अवामी लिगको स्थानीय पार्टी कार्यालयमा आक्रमण भएको निर्वाचन आयोगले बताएको छ। बिएनपीले मतदातालाई निर्वाचन बहिष्कार गर्न र देशभर दुई दिने बन्दको आह्वान गरेको छ । सत्तारुढ अवामी लिगले बीएनपीले निर्दोष मानिसहरूमाथि आतंकको शासन जारी गरेर चुनाव बिथोल्न खोजेको आरोप लगाएको छ।

बंगलादेशको बर्तमान सत्ता भारतप्रति नरम छ भने अमेरिकासँग दुरी केही बढेको अवस्थामा छ । चीनको समेत राम्रै प्रभाव बढदै गएको बंगलादेशको शासनमा स्थिरता आए देखि उसले निक्कै राम्रो आर्थिक प्रगति गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...