Monday 31st March 2025

कुवेत लगायत मध्येपुर्वका देशहरुमा प्रदर्शन हुदै चलचित्र “परदेशी-२”


पछिल्लोपटक दर्शकहरुको रोजाइमा परेको  चलचित्र  ‘परदेशी २’ आगामी  २३ नोभेम्बरमा मध्यपूर्वका कुवेत लगायतका देशहरूमा प्रदर्शनमा आउने भएको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजन र मध्यपूर्व वितरक नेप-फिल्म्सले यो चलचित्रलाई पाँच मुलुकमा पर्दशन गर्न लागेको हो । वितरक रमेश ढकालका अनुसार कुवेत, कतार, युएई, बहराइन र ओमानमा चलचित्र प्रदर्शन हुने निश्चित भएको हो ।

राजेश वंशल निर्माता रहेको चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । परदेशिएका  नेपालीको कथा ब्यथा समेटिएर तयार भएको चलचित्रमा प्रकाश सपुत केकी अधिकारी बर्षा सिवाकोटी लगायतका कलाकारको शीर्ष भूमिका रहेको चलचित्र ‘परदेशी’को दोस्रो श्रृंखला हो ।  यतिबेला नेपालमा चलचित्र परदेशी २  सफलता पुर्वक प्रदर्शन भईरहेको छ।

केहि दिन पहिला निरेम ग्रुपको पहलमा चलचित्र “भष्मेडन” भब्य रूपमा  पर्दर्शनमा आएको थियो।


सम्बन्धित शीर्षकहरु

जसले जतिसुकै देश र जनताको नाम भजाए पनि नेपाल अशान्त भई रहनु का पछाडी भारत छ । नेपालमा कोही नेताहरु…

राजावादीहरूको प्रदर्शन हिंस्रक बनेपछि काठमाडौंका तीन स्थानमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न…

कायरो: गाजा युद्धविराम वार्तामा मध्यस्थकर्ताहरू मध्ये एक इजिप्टले इजरायलबाट नयाँ युद्धविराम प्रस्तावमा सकारात्मक संकेत पाएको छ जसमा संक्रमणकालीन चरण समावेश…

प्रतिकृयाहरू
...