Saturday 11th October 2025

कुवेतमा समुन्द्रमा डुबेर नेपालीको मृत्‍यु,अगस्टमा मात्र ६ नेपालीको मृत्‍यु


हरि कृष्ण न्यौपाने-अर्मला गाबिस कास्की घर भई पोखराको महेन्द्र गुफामा बसोबास गरिरहेका र केही समय देखी कुवेतमा कार्यरत तिर्थ बहादुर बिकको समुन्द्रमा डुबेर मृत्‍यु भएको छ।राहदानी नं-०८१०६८६४का ४१ बर्षिय तिर्थ बहादुरको अगष्ट १७,शुक्रबार,२०१८का दिन मृत्‍यु भएको हो।

कुवेतको अलकुत कम्पनीमा आए पनि केही समय देखी भागेर अबैधानिकक रुपमा काम गर्दै आएका तिर्थ बहादुरको समुन्द्रमा डुबेर मृत्‍यु भएको पुष्टी भएको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डटकमलाई बताए।मगरले भने,”दुताबासलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार तिर्थ बहादुरको समुन्द्रमा डुबेर मृत्‍यु भएको भनिए पनि अन्य जानकारी भने आउन बाँकी छ।पुरानो कम्पनीबाट भागेर अबैधानिक रुपमा काम गर्दै आएका तिर्थबहादुरको शब पठाउने सम्बन्धमा कानुनी प्रकृया शुरु गरिए पनि पुरानो कम्पनीले मृतक बिरुद्द कम्पनी छोडेर भागेको मुद्दा हालिएको हुँदा टिकटको समेत समस्या परिरहेको छ।”

कुवेतमै कार्यरत मृतकको नातेदर भाई बम बहादुर बिकले तितोपाटी डटकम संगभने अत्यान्तै नाजुक आर्थिक अवस्था रहेका तिर्थ बहादुरको घरमा श्रीमती, ९ र ६ बर्षको छोरा-छोरी रहेका छन।

२०१८ अगस्ट महिना भित्र मात्र बिभिन्न कारणले ६ जना नेपालीले कुवेतमा ज्यान गुमाएका छन।


सम्बन्धित शीर्षकहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

प्रतिकृयाहरू
...