Saturday 10th May 2025

सुस्तामा भारतीय पक्षले फेरी सीमा सम्बन्धी दादागिरी देखाउन थाल्यो


तितोपाटी – सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ ।

विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो ।

विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्नेलगायतका काम नगर्ने सहमति भएको थियो ।

यद्यपि पछिल्लो पटक सुस्ताको विवादित भूमिमा भारतीय पक्षबाट सडक बिस्तार गर्न खोजिएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँले जानकारी दिए ।

खाँका अनुसार भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा नेपाली पक्षले उक्त कार्य रोक्न खोजेपछि सुस्ता आउने सडक सञ्जालमा खाल्टो खनेर भारतीय पक्षले दुःख दिन थालेका छन् ।

सुस्ता पुग्नका लागि सहज रुपमा भारतीय भूमि हँुदै सुस्ता पुग्नुपर्ने बाध्यता छ । नेपाली भूमि हँुदै सुस्ता जान नारायणी नदीमा डुङ्गाको प्रयोग गर्नुपर्ने हुँदा वर्षाभर जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ ।

यद्यपि भारतीय भूमि हुँदै सुस्ता पुग्न निकै सहज मानिन्छ । यतिबेला भारतीय पक्षले सो सडक सञ्जालमा खाल्टो खनेपछि सुस्तावासीलाई भारतीय भूमि हुँदै नेपालतर्फ आउने र भारतीय भूमि हँुदै सुस्ता जानसमेत निकै समस्या छ ।

भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा पछिल्लो पटक सुस्तावासीलाई समस्या भएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।


सम्बन्धित शीर्षकहरु

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

प्रतिकृयाहरू
...