Tuesday 1st April 2025

साप्ताहिक राशिफल(भदाै ८ गते देखि १४ गते सम्म)


फलित ज्योतिष – राम प्रसाद सिटाैला

मेष

बोलीको प्रभावले अधुरा कार्यहरू पूरा हुनेछन् । व्यवहारिक विषयमा खर्च बढ्न सक्छ । साझेदारीमा व्यवसाय सञ्चालन गरिने योग देखिन्छ । विलासिताका सामग्री बिनामोलतोल खरिद नगर्नुहोला । शुभकार्य तथा सामाजिक कार्य दुवैमा धनखर्च गर्नुपर्नेछ । चियोचर्चा गर्नेहरूबाट सावधानी अपनाउनुहोला । बिहीबारपछि स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ ।

वृष

पैतृक धन लगानी गरी अन्य मुलुकमा व्यवसाय सञ्चालन गर्ने कुरामा पारिवारीक मत मिल्नेछ । तपाईंको परोपकारी तथा इमान्दार स्वभावको फाइदा लिन अनेक खालका स्वार्थपरस्त व्यक्तिले घेरा हाल्ने सम्भावना छ । सेवामूलक कार्यमा समय खर्चनुपर्ने हुनसक्छ । राति सवारी साधन चलाउँदा संयमित रहनुहोला ।

मिथुन

कृषिजन्य व्यापार–व्यवसाय गर्न सके आम्दानीको मार्ग फराकिलो हुनेछ । धार्मिक गतिविधि तथा भ्रमणमा स–परिवार सहभागी भइनेछ । घरायसी सामग्री जोहो गर्न तथा पाहुनाहरूलाई बिदाइ गर्न समय खर्चनुपर्ने हुन्छ । साताको अन्त्यमा रोकिएका कार्यहरू स्वत: फुकुवा हुनेछन् ।

कर्कट

पराक्रम बढ्नुका साथै काममा सोचेजस्तै सफलता हात पर्नेछ । विभिन्न किसिमका प्रतिस्पर्धामा सहभागी भै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थमा असहजता महसुस हुन सक्छ । शारीरिक थकावट तथा कमजोरी भए जुस, फलफूल आदि सेवन गर्नुहोला । हितैषीहरूले करियर बनाउने सुझाव दिँदा निर्णय लिन विलम्ब नगर्नुहोला ।

सिंह

मतान्तरणका बाबजुद परिवारले तपाईंको भावनाको समर्थन गर्नेछ । पहेंला धातु तथा भौतिक सामग्री खरिद गर्न अग्रसर भइनेछ । शु्भचिन्तकहरूले विभिन्न जिम्मेवारी सुम्पनेछन । रातो रंगको प्रयोगले कार्यव्यस्ततालाई सहज बनाउनेछ । मंगलबार तथा बुधबार महत्वपुर्ण कार्य सम्पन्न हुनेछन् ।

कन्या

पदीय जिम्मेवारीले थप मेहनत तथा समयको अपेक्षा गरेको अवस्था छ । पुराना साथीहरूसँगको जमघटले ओझेलमा परेको सहयोगी भावना पुन: मधुरतामा परिणत होला । इष्टमित्रहरूबाट महत्वपुर्ण सहयोग एवं सुझाव प्राप्त हुनेछ । बढ्दो खर्च नियन्त्रण गर्न जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक छ । साताको अन्त्यमा प्रेमी–प्रेमिकाले भ्रमणको प्रस्ताव राख्न सक्छन्, भावना बुझ्ने प्रयत्न गर्नुहोला ।

तुला

उन्नति गर्ने तथा परिवर्तनकारी सप्ताह छ । उपल्लो दर्जाका व्यक्तिहरूले महत्वपूर्ण सुझाव दिँदै विभिन्न जिम्मेवार दिलाउनेछन् । कारोबारमा ढिलाइ गर्दा व्यवहारिक कठिनाइको सामना गर्नुपर्ला । साताको अन्त्यमा शिक्षा क्षेत्रमा लगनी गर्ने प्रस्ताव प्राप्त हुनसक्छ । व्यवसायबाट विशेष फाइदा मिल्नेछ ।

वृश्चिक

परिणममुखी कार्य सम्पन्न गर्न अझै केही समय कुर्नुपर्ने हुन सक्छ । हितैषीहरूको नौलो प्रस्ताव सुनेर मन दोहोरो मनस्थितिमा पुग्नेछ । समयमै होस पुर्‍याउँदा दुवै जनाको कल्याण हुनेछ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । इँटा रंगको प्रयोग फाइदाजनक होला ।

धनु

आफ्नै जुक्ति–बुद्धिले नयाँ कार्य सम्पन्न गरिनेछ । व्यवसायिक योजना तर्जुमा गर्ने क्रममा विदेशीहरूसँग झलाकुसारी हँुदा थप सल्लाह सुझाव पाइनेछ । सवारी साधन तथा वैज्ञानिक उपकरण खरिद हुने सम्भावना छ । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । बाहिरी खानेकुरा खाँदा ध्यान पुर्‍याउनुहोला ।

मकर

संयम तथा धैर्य नै समस्याको उपयुक्त ओखती सावित होला । नजिकका नातेदारले आफ्ना भनाइ तथा व्यवहार नसच्याउँदा तिक्तता बढ्नेछ । सामाजिक कार्यको नेतृत्व गर्दा अपजस आइलाग्न सक्छ । बोलीको मधुरता कायम गर्न सके बिग्रिसककेका कार्य पुन: उचाइमा पुग्नेछन् ।

कुम्भ

विद्यार्थी वर्गले अध्ययनका निम्ति एकाग्रतामा जोड दिनुमै कल्याण छ । विपक्षीहरू प्रतिष्ठामा ठेस लगाउन लागिपरेको अवस्था छ । सूर्यको आराधना गर्न सके सहजता महसुस गर्न सकिनेछ । सहयोगीहरूले दिएको सुझाव मनन गरी चल्न सके आफैंलाई फाइदा पुग्नेछ ।

मीन

व्यवसायले फड्को मार्दा अरूले डाहा गर्न सक्छन् । तपाईंले अपेक्षा गरेको सहयोग सजिलै प्राप्त हुनेछ । आफ्नो प्रयास दोहोर्‍याउन सके अवसरहरू हातबाट फुत्कनेछैनन् । विदेश भ्रमणको अवसर सिर्जना होला ।साताको अन्त्यमा स्वास्थ्यसम्बन्धी समस्या सिर्जना हुनसक्छ । सवारी साधन चलाउँदा संयमित रहनुपर्नेछ ।


सम्बन्धित शीर्षकहरु

ज्याक्सन ओस्वाल्ट तपाईंको औसत १२ वर्षको केटा थिएनन्। जबकि उनको उमेरका धेरैजसो केटाकेटीहरू भिडियो गेम खेलिरहेका थिए वा बाइक चलाइरहेका…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार भने कि मन्त्रीहरूले हमासमाथि सैन्य दबाब बढाउन रातारात मतदान गरे, गाजा पट्टीमा राखिएका बन्धकहरूलाई मुक्त गर्न…

म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ भने भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४४ पुगेको त्यहाँको सैनिक सरकारले जनाएको…

प्रतिकृयाहरू
...