Wednesday 17th June 2026

मलेसियामा जारी महिला टी–२० सिरिजमा नेपालको लगातार दास्रो जित, कुवेत ३४ रनले पराजित


मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले कुवेतमाथी ३४ रनको जित हासिल गरेको छ ।
आज भएको सिरिजको आफ्नो दोस्रो खेलमा कुवेतलाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो । कुवेतमाथीको जितसँगै नेपाल फाइनल नजिक पुगेको छ । नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन मात्र जोड्न सक्यो ।

कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । त्यस्तै खादिजा खलिलले १० रन बनाइन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको लागी इन्दु बर्माले ३ तथा खुशी डंगोलले २ विकेट लिइन् । ईश्वरी विष्ट,कविता कुँवर र सीता रानामगरले समान १/१ विकेट लिए । त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।

नेपालका लागि ईन्दु बर्माले सर्वाधिक २३ रन बनाईन् । बिन्दु रावलले २० रन बनाउँदा काजल श्रेष्ठले अविजित १९ रन बनाईन् । कुवेतका लागि मरिन्मा हैदरले ४ तथा मरयाम ओमरले २ विकेट लिईन् । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले आगामी शुक्रबार आयोजक मलेसियासँग खेल्नेछ ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...