Sunday 22nd March 2026

कांग्रेसले दुई नेतालाई कञ्चनपुर पठाउने


तितोपाटी- प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दुई नेतालाई कञ्चनपुर पठाउने भएको छ । कञ्चनपुर घटनाबारे अध्ययन गर्न आइतबार दुई नेतालाई पठाउने निर्णय कांग्रेसले गरेको छ ।

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको समेत निष्कर्ष निकालेको छ । सत्तारुढ दलकै नेताको गैरजिम्मेवार अभिव्यक्तिका कारण शुक्रबार तनाव उत्पन्न भएको कांग्रेसको ठहर छ ।

कांग्रसका दुई नेता दिलेन्द्रप्रसाद बडू र बीरबहादुर बलायरलाई आइतबार कञ्चनपुर पठाउने कांग्रेसले जनाएको हो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई छानविन नभएसम्म नागरिक आक्रोशित हुनु स्वभाविक भएको कांग्रसले जनाएको छ । कांग्रेसले कञ्चनपुर घटनाको गहन छानविन गरी अपराधीमाथि कारबाही गर्न र पीडित परिवारलाई राहत दिन माग गरेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...