Sunday 5th October 2025

कांग्रेसले दुई नेतालाई कञ्चनपुर पठाउने


तितोपाटी- प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दुई नेतालाई कञ्चनपुर पठाउने भएको छ । कञ्चनपुर घटनाबारे अध्ययन गर्न आइतबार दुई नेतालाई पठाउने निर्णय कांग्रेसले गरेको छ ।

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको समेत निष्कर्ष निकालेको छ । सत्तारुढ दलकै नेताको गैरजिम्मेवार अभिव्यक्तिका कारण शुक्रबार तनाव उत्पन्न भएको कांग्रेसको ठहर छ ।

कांग्रसका दुई नेता दिलेन्द्रप्रसाद बडू र बीरबहादुर बलायरलाई आइतबार कञ्चनपुर पठाउने कांग्रेसले जनाएको हो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई छानविन नभएसम्म नागरिक आक्रोशित हुनु स्वभाविक भएको कांग्रसले जनाएको छ । कांग्रेसले कञ्चनपुर घटनाको गहन छानविन गरी अपराधीमाथि कारबाही गर्न र पीडित परिवारलाई राहत दिन माग गरेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत…

तितोपाटी- नेपाली क्रिकेटका चर्चित  सन्दिप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम २ खेलका लागि निलम्बनमा परेको खुलेको छ । नेपाल क्रिकेट…

प्रतिकृयाहरू
...