Saturday 21st March 2026

उत्तरी भारतमा बाढी पहिरोमा परी ३७ जनाको मृत्यु, कैयाैं घाइते


लगातारको वर्षाले उत्तरी भारतका विभिन्न भागमा बाढी पहिरो जाँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ। हिमाचल प्रदेश सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ गत दुई दिनमा अचानक बाढी र पहिरोले १८ जनाको ज्यान लियो, जबकि पञ्जाब र हरियाणामा ९ जना, राजस्थानमा ७ र उत्तर प्रदेशमा ३ जनाको ज्यान गएको थियो । बाढीपहिरोका कारण पुलपुलेसा भत्किँदा र सडक अवरुद्ध हुँदा धेरै क्षेत्रमा पुग्न कठिनाइ भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड र कश्मीरका हिमाली क्षेत्रहरूमा थप नौ जनाले ज्यान गुमाएका छन् । सरकारी अधिकारीहरूका अनुसार हिमाचल प्रदेशको लाहौल–स्पिती र कुल्लुका क्षेत्रहरूमा पर्यटकसहित करिब तीन सय जनालाई उद्धार गर्न हेलिकोप्टर पठाउने प्रयास भइरहेको छ । प्रतिकूल मौसमका कारण उडान गर्न सकिएको छैन ।

भारी वर्षा र बाढीको सामना गर्न उत्तर भारतका चार राज्यहरूमा कुल 39 वटा राष्ट्रिय विपद् प्रतिक्रिया बल (NDRF) टोलीहरू खटाइएको थियो। पञ्जाबमा १४ टोली काम गरिरहेको बेला हिमाचल प्रदेशमा एक दर्जन, उत्तराखण्डमा आठ र हरियाणामा पाँच टोली खटाइएको थियो।

-इन्डिया टुडे


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...