Tuesday 8th September 2026

सुडानमा एक आपसमा संघर्षरत पक्षबाट भएको हवाइ आक्रमणमा २२ जनाको मृत्यु


सुडानको ओमडरमान सहरमा हवाई आक्रमण हुँदा कम्तीमा २२ जना मारिएका छन् । यसलाई सुडानको सेना र विद्रोही अर्धसैनिक बलबीच केही सातायताकै सबैभन्दा घातक हमला भनिएको छ । एकापसमा संघर्षरत सुडानी सेना र अर्धसैनिक बलबीच शक्ति हत्याउन भएका विभिन्न हमलामा धेरै मानिसको ज्यान गइसकेको छ । दुबै पक्षबीच शक्तिका लागि लडाइँ जारी छ ।

राजधानी खार्तमको छिमेकी सहर ओमडरमानस्थित शनिबार आक्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमलामा कति मानिस घाइते भए त्यसको विवरण सार्वजनिक गरिएको छैन ।

त्यहाँ गत महिना भएको हवाई आक्रमणबाट खार्तममा पाँच बालबालिकासहित १७ जना मारिएका थिए ।

सरकारी सेना र अर्धसैन्य बलबीच लडाइँ जारी रहँदा शुक्रबारको आक्रमणले सहरी क्षेत्रमा थप त्रास फैलाएको बताइएको छ । अर्धसैन्य बल आरएसएफले भने यो आक्रमण सरकारी सेनाले गरेको आरोप लगाउँदै आक्रमणमा ३१ जनाको मृत्यु भएको दाबी गरेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा हालै आएको दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय झापाली समाज (IJS) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

जर्मनीको स्टार्टअप कम्पनी इजारी एरोस्पेसले आफ्नाे मानवरहित ‘स्पेक्ट्रम’ रकेट सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरेको छ। रकेट आइतबार नर्वेको आर्कटिक क्षेत्रमा रहेको…

सरकारले रसुवा–भोटेकोसी बाढीलगायत विभिन्न विपद्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले…

प्रतिकृयाहरू
...