Tuesday 30th June 2026

साउदी अरबमा गोली चल्दा नेपाली सुरक्षा गार्डको मृत्यु


तीतोपाटी डटकम-जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर बन्दुक बोकेका अर्का एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ।

अधिकारीहरूका अनुसार बन्दुक बोकेका ती व्यक्ति कारमा आएका थिए। अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ।

घटनाबारे साउदी अरेबियाका निकायहरूले अनुसन्धान सुरु गरेका छन्।

रोयटर्स समाचार संस्थाले साउदी अरबको सरकारी समाचार संस्था एसपीएलाई उद्धृत गर्दै अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षा गार्ड घटनामा घाइते भएको र त्यसको केही समयमा उनको मृत्यु भएको जनाएको छ।

-बिबिसीबाट साभार


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री  स्वर्णिम वाग्ले ले भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण World Bank र Asian Development Bank (एडीबी) को सहुलियतपूर्ण…

भारतको Himachal Pradesh मा करिब तीन लाख रैथाने नेपालीभाषी समुदायको बसोबास रहेको विभिन्न गोर्खा संस्थाहरूको दाबी छ। नेपालीभाषीहरूको सबैभन्दा बढी…

चीनले मौसमी व्यापारका लागि तिब्बतको Taklakot (पुराङ/बुराङ) प्रवेश गर्न २१२ जना नेपाली व्यापारीलाई अनुमति दिएको छ। यो अनुमति विशेष गरी…

प्रतिकृयाहरू
...