Saturday 15th November 2025

नागरिकलाइ धेरै बच्चा जन्माउन प्रोत्साहन गर्दै जापान


जापानले आफ्ना नागरिकहरूलाई धेरै बच्चा जन्माउन प्रोत्साहन गरिरहेको छ । त्यसका लागि सरकारले सहायता प्याकेज पनि घोषणा गरेको छ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशको जन्मदरमा आएको तीव्र गिरावटलाई रोक्न विभिन्न नीतिहरू घोषणा गरेका हुन् । पत्रकारहरूसँग कुरा गर्दै किशिदाले यो दशक जापानको बुढ्यौली जनसङ्ख्यासँग जुध्ने अन्तिम मौका भएको बताए । घोषणा गरिएका नीतिहरू आगामी वर्षदेखि लागू हुनेछन् । यसमा बालबालिकालाई आर्थिक सहायता, आमाबाबुका लागि थप बिदा, बालबालिका हुर्काउने खर्चमा मद्दत गर्ने लगायत समावेश छ।

प्रधानमन्त्रीले देशमा कर नबढाई यो नीति कार्यान्वयन गर्न पहल गर्ने बताएका छन् । तर कतिपय विश्लेषकहरूले भने यो नीतिमा धेरै खर्च हुने भएकाले कार्यान्वयन हुनेमा आशङ्का जताएका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...