Wednesday 9th September 2026

कोलम्बियामा विमान दुर्घटनामा परेका बालबालिका ४० दिनपछि जिवितै भेटिए


कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् । गत महिना अमेजन वर्षा वनमा विमान दुर्घटना हुँदा बेपत्ता भएका चार जना बालबालिका शुक्रबार जीवितै फेला परेका हुन् । १३, ९, ४ र १ वर्षका बालबालिका ४० दिनसम्म जङ्गलमा बाँचेका हुन । उनीहरूको आमा र अन्य दुई जनाको भने दुर्घटनामा मृत्यु भएको थियो ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले शुक्रबार साँझ जंगल क्यामोफ्लाजमा आपत्कालीन उद्धारकर्ताहरूले ति बालबालिकाहरूलाइ सकुशल फेला पारेको र उनीहरूको उपचार भइरहेको खबर ट्वीट गरेका हुन् । राष्ट्रपति पेट्रोले हप्तौंको खोजीपछि बालबालिकालाई सकुशल भेट्नु पूरै मुलुकका लागि खुसीको क्षण भएको बताएका छन् ।

उद्धार मिशनले यस अपरेशनलाई चमत्कार भनेका छन् । एक सय भन्दा बढी सैन्य कर्मचारी र आदिवासी स्वयंसेवकहरूले विस्तृत क्षेत्रमा बच्चाहरूको खोजी गरिरहेको थिए तर उनीहरु फेला परेका थिएनन ।


सम्बन्धित शीर्षकहरु

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

अमेरिकी शान्ति प्रयासका क्रममा तीन दिन रोकिएको रूसको हवाई आक्रमण पुनः सुरु भएपछि मंगलबार बिहान युक्रेनको राजधानी किभमा शक्तिशाली विस्फोटहरू…

प्रतिकृयाहरू
...