Monday 4th August 2025

कोलम्बियामा विमान दुर्घटनामा परेका बालबालिका ४० दिनपछि जिवितै भेटिए


कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् । गत महिना अमेजन वर्षा वनमा विमान दुर्घटना हुँदा बेपत्ता भएका चार जना बालबालिका शुक्रबार जीवितै फेला परेका हुन् । १३, ९, ४ र १ वर्षका बालबालिका ४० दिनसम्म जङ्गलमा बाँचेका हुन । उनीहरूको आमा र अन्य दुई जनाको भने दुर्घटनामा मृत्यु भएको थियो ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले शुक्रबार साँझ जंगल क्यामोफ्लाजमा आपत्कालीन उद्धारकर्ताहरूले ति बालबालिकाहरूलाइ सकुशल फेला पारेको र उनीहरूको उपचार भइरहेको खबर ट्वीट गरेका हुन् । राष्ट्रपति पेट्रोले हप्तौंको खोजीपछि बालबालिकालाई सकुशल भेट्नु पूरै मुलुकका लागि खुसीको क्षण भएको बताएका छन् ।

उद्धार मिशनले यस अपरेशनलाई चमत्कार भनेका छन् । एक सय भन्दा बढी सैन्य कर्मचारी र आदिवासी स्वयंसेवकहरूले विस्तृत क्षेत्रमा बच्चाहरूको खोजी गरिरहेको थिए तर उनीहरु फेला परेका थिएनन ।


सम्बन्धित शीर्षकहरु

देइर अल-बलाह, गाजा पट्टी: भोकमरी, अभाव र सहायता वितरण स्थलहरू नजिकै घातक अराजकतामाथि अन्तर्राष्ट्रिय आक्रोशको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका…

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

प्रतिकृयाहरू
...