Tuesday 14th May 2024

हाइटीमा बाढीको कारण ४२ जनाको मृत्यु


हाइटीमा केही दिनदेखिको भारी वर्षापछि आएको बाढीमा परेर कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएको त्यहाँको सुरक्षा एजेन्सीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार भारी वर्षापछि देशका विभिन्न नदीहरूको जलस्तर उच्च तहमा पुगेसँगै आकस्मिक बाढीदेखि भूस्खलनसम्मका घटनाहरू भएका छन् ।

बाढीका कारण १३ हजार ३ सयजना भन्दा बढी मानिसहरू विस्थापित भएका छन् भने कम्तीमा ११ जना बेपत्ता भएका छन् । देशभर वर्षा जारी रहेसँगै सोमबार मृतकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको सीएनएनले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड’ २०२४ बाट सम्मानित भएको छ। ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्बश्रेष्ठ…

प्रतिकृयाहरू
...