Saturday 20th December 2025

सत्ता टिकाउन जन्म कैदको फैसला भएका चौधरी लाई जेल मुक्त गर्दै सरकार


गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना लाई जेल मुक्त गर्ने सरकारले निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गृहको प्रस्तावअनुसार सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

संधिान घोषणा गर्ने क्रममा कैलालीको टिकापुरमा चौधरीको नेतृत्वमा एक हिंस्रक आन्दोलन हुदा बरिष्ट प्रहरी अधिकृत सहित ९ जनाको ज्यान गएको थियो सोही अपराधको हत्याअभियोगका मुख्या पात्र हुन चौधरी । उनलाई तिनै तहको अदालत ले जन्म कैदको सजाय सुनाए पछि प्रचण्ड सरकार टिकाउन चौधरी लाई मुक्त लागेका हुन । चौधरी ले विगतको प्रतिनिधी सभा निर्वाचनमा जेलमा रहेर नै चुनाव जितेका थिए । यसो त संसदिय राजनितीको गणीतमा जे पनि हुन सक्छ भन्ने कुरा नौलो होईन । विगतमा एमाले गठबन्धनको सरकार हुदा पनि चौधरीका माग सम्बोधन गर्न ओली सरकार तयार थियो । गणितले मागे पनि अपराध ले पनि राजनितीमा उन्मुक्ति पाउने अभ्यास नेपालका राजनैतिक दलहरुले शुरु गरेका छन ।

संविधानको धारा २७६ मा माफीसम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ, ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछन् ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...