Wednesday 8th May 2024

अर्का एक कुवेती पनि सगरमाथाको शिखरमा पुगे


अब्दुलराजाक अल मोजाल्हेमले मे १७, २०२३ मा सफलतापूर्वक माउन्ट एभरेष्ट शिखरमा पुगेका छन । उनी विश्वको सबैभन्दा अग्लो हिमाल आरोहण गर्ने दोस्रो कुवेती र नेपालतर्फको मोहडाबाट बाट आरोहण गर्ने पहिलो कुवेती बनेका हुन ।

कुवेती नागरिक, जाइद अल(रेफाई, सगरमाथा आरोहण गर्ने पहिलो अरबीक थिए । उनी कुवेती नागरिक हुन । साथै उनले विश्वका सात महादेशका सबै सातवटा अग्लो शिखरहरू चढ्ने ४६ औं व्यक्ति थिए। अल रेफाई अरबियन पर्वतारोहण र अल्पाइन क्लाइम्बिङ क्लबका निर्देशक हुन्, जुन मध्य पूर्वका मानिसहरूमा पर्वतारोहणलाई लोकप्रिय बनाउने प्रयासमा स्थापना गरिएको थियो। उनले त्यसताका हिमाल आरोहण नेपाल र तिव्वत को सिमाना बाट सन २००४ मा चढेका थिए ।

उनले हिमालको शिखरमा पुगेर कुवेत को झण्डा फहराएका थिए । उक्त झण्डामा कुवेतका राजाको फोटो थियो । यसरी नै सन २०१७ मा अरब महिला रेहा ले पनि सगरमाथा चढेकी थिईन । उनी दुवई बासिन्दा भए पनि उनको मुल थलो भने साउदी अरब को जेद्दाा हो ।

आज भोली नेपालका हिमालहरुले अरबीक मानिसहरुलाई पनि लोभ्याउन थालेको छ । पर्यटन प्रर्वद्धनका हिसावले यो उत्साहजनक खबर पनि हो ।


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...