Saturday 25th May 2024

फिलिपिन्स र कुवेतका बीच बार्ता – मुख्य मुद्धा सेल्टर


कुवेतमा रहेका आफ्ना नागरिकहरु माथि कुवेतमा ज्यादती हुने गरेको भन्दै बेलाबेला फिलिपिन्सको दुतावासले कडा कदम चाल्ने र कहिले कुवेतले उसका देशका कामदारहरुलाई कुवेत प्रवेशमा रोक लगाउने जस्ता घटनाहरु नौला होईनन । तर अहिले को अवस्थामा कुवेतले फिलिपिन्सका नागरिकलाई आफ्नो देशमा आउन रोक लगाएको अवस्था छ । कुवेतले नयाँ भिषाको आवेदन मात्र बन्द गरेको छैन की भिषा हातमा परेका फिलिपिनाहरुलाई समेत कुवेत आउनबाट रोक लगाएको छ ।

श्रम संकटको असरबारे छलफल गर्न फिलिपिन्सको पहिलो आधिकारिक प्रतिनिधिमण्डल कुवेत आए पछि स्थानीय र बाह्य सूचकहरूले वार्ताको कठिनाइलाई उजागर गरेका छन् । कुवेत आफ्नो अडानमा अडिग रहेको छ । फिलिपिन्स दूतावास ले खोलेका सेल्टरहरु बन्द गरियोस भन्ने चाहान्छ ।

कुवेतको को के मान्यता छ भने आफ्नो देशको भूमिमा विदेशीहरुको आश्रय स्थल बनाईनु द्विपक्षीय श्रम सम्झौताको उल्लङ्घन हो र त्यसैले कुनै पनि दूतावासले यस सम्बन्धमा सम्बन्धित दुई अधिकारीहरू, अर्थात् सामाजिक मामिला मन्त्रालय र सार्वजनिक प्राधिकरणको सँग असम्बन्धित रहेर बाहिर त्यस्तो आश्रय केन्द्र स्थापना गर्न सक्दैन।

यति बेला फिलिपिन्सको प्रतिनिधिमण्डल यीनै ताजा घटनाक्रमहरुको सम्बन्धमा छलफलका लागि कुवेतमा रहेको छ । उनीहरुका माग लाई कुवेतले कसरी सम्बोधन गर्छ त्यो भने हेर्न बाकी छ ।

कुवेतका विरुद्ध हुने गरी फिलिफिन्सका आधिकारीक सँस्था वा व्याक्तिहरुको समयक्रममा हुने विभिन्न बत्तव्यबाजीका कारण कुवेतले आफ्नो देशको बदनामी हुने गरेको ठानेको छ । फिलिपिन्सका विदेश मामिलाका उपसचिव एडुआर्डो डे भेगा ले कुवेतमा भागेका वा दुर्व्यवहार भएका आफना कामदारहरूको लागि तयार गरिएको आश्रय स्थल बन्द गर्ने कुनै मनसाय नभएको बताएका छन । कुवेतको दबाब र आफ्ना कामदारमाथि लगाइएको प्रतिबन्धका बाबजुद उनले आफ्नो अडान दोहरयाएका हुन ।

डे भेगाले हिजो एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन, फिलिपिन्स सरकारले विदेशी भूमिमा स्थापना गरेको आश्रयको बारेमा कुवेत चिन्तित छ, तर फिलिपिन्सले यसलाई बन्द गर्दैन किनकि यसले हाम्रा कामदारहरूमा नकारात्मक असर पार्नेछ। सबैभन्दा पहिले, यदि हामीले यसलाई बन्द गर्यौं भने, भागेका फिलिपिनोहरूलाई के हुनेछ ? उनीहरु सडकमा उत्रनेछन् र प्रहरीले पक्राउ गर्नेछ । त्यसकारण हामी यो आश्रय बन्द गर्ने पक्षमा छैनौ ।

कुवेतमा सवै भन्दा धेरै घरेलु कामदारका रुपमा फिलिपिन्सका नागरिक रहेका छन । हरेक देशका घरेलु कामदारहरु समस्यामा छन तर फिलिपिन्सले जस्तो आफना नागरिकको पक्षमा अडान अरु देशका दुतावासहरुले लिने गरेको पाईन्दैन । खास गरेर एषियाली मुलुकहरु पिलिपिन्स, बंगलादेश, भारत, श्रीलंका, नेपाल र ईन्डोनेशियाबाट यहाँ घरेलु कामदार आउने गरेकोमा श्रीलंका, बंगलादेश र ईन्डोनेशिया बाट आउने क्रम न्युन छ । श्रीलंका र ईन्डोनेशियाबाट लगभग ठप्प जस्तै छ । नेपालबाट कुवेत जानबाट धेरै बर्ष पहिले प्रतिबन्ध लगाईएको भए पनि मानबतस्करहरुको प्रयासमा हरेक दिन जस्तो कुवेतमा नेपाली महिलाहरु आउने गरेका छन । यसलाई कानून र कागजमा रोक लगाईएको देखाएर नेपाल सरकारका कर्मचारीहरुले आफ्नै सेटिंगमा बर्षौ देखि धन्धा चलाईरहेका छन ।

नेपाली दुतावास कुवेतले सन २०१४ बाट पूर्ण रुपमा विचल्लीमा परेर आएका घरेलु कामदार राख्ने सेल्टर बन्द गरेको छ । तीन बर्ष चलेको सेल्टरमा लाखौको चलखेल भएका समाचारहरु पनि नआएका होईनन । विमा कम्पनीसँग सेटिंग र कमिसन का समाचार पनि आएका थिए । सेल्टर बन्द भए पछि करिब ३६ लाख घरभाडा बापतको रकम विमा कम्पनी ले तिर्नु पर्नेमा उल्टै दुतावास विरुद्ध मुद्धा लगाएर नेपाल सरकारले तिर्न परेको थियो । त्यसमा नेपाली दुतावास संझौता गर्दा नै चुकेको थियो जसका कारण मुद्धा हार्न परर्यो । आज भोली दुतावासमा शरणलिन आएका हरुलाई कुवेत सरकारको सेल्टरमा बुझाउने काम नेपाली दुतावासले गर्ने गर्दछ । केही दिनका लागि राख्न परे दुतावासले आफ्नो भवनको गाडी पार्किंग मा मा उनीहरलाई राख्ने गर्दछ ।


सम्बन्धित शीर्षकहरु

कर्म ब्रम्ह बुद्ध धर्म टेवा मेवा बुद्ध सेवा शस्त्र अस्त्र बुद्ध वस्त्र चेला मेला बुद्ध भेला तन धन बुद्ध मन…

प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ---------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन --------------- सामाजिक सञ्जाल समायोजक --------------…

लुलु हाइपरमार्केट, यस क्षेत्रका विवेकी खरीददारहरू बीचको रोजाइको खुद्रा विक्रेताले, 'लुलु वर्ल्ड अफ ब्यूटी' प्रवर्द्धन सुरु गर्‍यो जसले सौन्दर्य उत्साहीहरू…

प्रतिकृयाहरू
...