Tuesday 23rd September 2025

ईमरान खान लाई हिरासत मुक्त गर्ने अदालतको आदेश


पाकिस्तानको सर्वोच्च अदालतले यस हप्ता भ्रष्टाचारको आरोपमा पूर्व प्रधानमन्त्री इमरान खानको नाटकीय गिरफ्तारी गैरकानूनी भएको फैसला गरेको हो ।

अदालतले खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ । उनका वकिलहरूले मंगलबार इस्लामावादको अदालत परिसरबाट उनको हिरासत गैरकानूनी भएको तर्क गरेका थिए।

कम्तिमा १० व्यक्तिको मृत्यु भइसकेको छ र २,००० जना पक्राउ परेका छन् जुन हिंसात्मक प्रदर्शनले पाकिस्तानमा ठुलो क्षति निम्तिने खतरा छ । ईमरान खान पाकिस्तानमा लोकप्रिय नेता हुन । उनको गिरप्तारी सेनाको बलमा र अमेरिकाको निर्देशनमा भएको आरोप छ ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...