Friday 24th January 2025

अमरेश नांगो बन्नु को अर्थ


तोयानाथ दाहाल, उपेक्षित, संसदमा कोही शिष्ट र कोहि विशिष्ट छैनन । एक प्रकार ले भन्ने हो भने हाम्रो संसद नांगै छ । अमरेश नांगो भएका होईनन उनले संसदको स्वरुप चाहे त्यो रुपमा होस वा सार मा नांगो छ भन्ने संकेत गरेका हुन । देशमा थिती भन्दा धेरै बेथिती छ । आर्दश, सिद्धान्त, दर्शन, नैतिकता, संस्कार र चरित्र सवै गुमाएका मानिसहरुले भरिएको हुदा त्यहाँ बस्त्र ले बेरिदैमा कोही शिष्ट र सभ्य कहाँ देखिन्छर ? अमरेश अर्धनांगो भईदिए आज, मिल्ने भए सर्वांग भएर उभिनु पर्ने थलो बनेको छ संसद ।

तपाई हेर्नुस त त्यहाँ देखा परेका चेहराहरु कति कुरुप छन, त्यहाँ सुन्दर चेहराहरु हुन्थे भने देश यति विरुप हुने थिएन । एक सांसदले त उठेर कुनै अमुक नेतालाई जवाफ फर्काउदै भने तिमीहरु लुटेराका छाउराहरु हौ । बास्तवमा नेपालको संसद यति घृणीत भएको छ । विगतमा एक नेताले त्यसथलोमा विधायक बनेर पस्ने नेताहरु लाई जनताले चोर भन्ने गर्दछन भनिदिए । बास्तबमा संसद भवन भित्र गन्धबाट चोर पत्ता लगाउने कुकुर डुलाउने हो भने अधिकांश चोरहरु त्यहाँ फेला पर्दछन । तर पक्राउ नपरेका चोरहरु त्यहाँ साधु भएर पसेका छन । आखिर कसैले पत्याउदैन की उनीहरु देश बनाउन गएका नेताहरु हुन । तर जनता पनि कम दोषी छैनन उनीहरुले चोरहरु नै चुन्छन किन ?

तर अब यस्तो लाग्दैछ, ती जमना गए । जनताले चोर र साधु अब छुट्याउने भैसके । देश लुटेर आफ्ना सन्तानलाई विदेशीको गुलामी गर्न पठाउन बाध्य हर एक परिवार ले बुझ्न थाले यसको पछाडीको कारण तिनै चोर नेताहरु हुन ।

अमरेश कुमार सिंह ले आफै भनेका छन जुन दिन मैले कांग्रेस छाडे त्यो दिन देखि त्यो अमरेश मरिसक्यो । यो अर्कै अमरेश हो । उनले यो पनि भने, हिजो को अमरेश कसैको झोले थियो होला, दलाल थियो होला, पापी थियो होला, चोर थियो होला । जे थियो त्यो अमरेश मरिसक्यो । यो अमरेश ले बाचुन्जेल भ्रष्टहरुको विरुद्धमा र जनताको पक्षमा बोल्छ, जतिन्जेल बाँच्छ राष्ट्रघातीहरुको विरुद्ध आवाज उठाएर बाँच्छ ।

उनले सयौ भ्रष्टचारहरुको अध्यायन गरेको बताउछन, राजनिती भित्र विचौलिया, व्यपारीहरु, र ठुला घरनाका मानिसहरुको व्यरोक्रयाटस र राजनितीक नेतासँगको साईनो र सम्बन्धको विषयमा जानकारी राख्दछन । आज अमरेशले सभामुख सँग बोल्न को लागि ३ मिनेटको समय मागेका थिए तर सभामुखले उनलाई त्यति समय दिएनन । उनले नेपाली नागरिकलाई अनागरिक बनाउनेहरुको भण्डाफोर गर्न खोजेका थिए तर त्यो मौका दिईएन । आखिर सत्तापक्ष होस वा प्रतिपक्ष कोही नेताहरु चोखा छैनन भन्ने प्रष्ट हुदै गएको छ । चुनाव अघि गठबन्धन र चुनाव पछि समिकरण भन्दै चोरहरु ले नेटवर्क खडा गरि गरि देश लुटेका छन । नयाँ नयाँ विमानस्थलमा बनाएर त्यसको सञ्चालन गर्न सकेका छैनन, ठुला आयोजनाहरु एउटा ले थाल्ने कमिशन खाने अनि अर्को आउने त्यसलाई अलपत्र पार्ने अर्को नयाँ योजना बनाउने र त्यहाँ त्यसले कमिशन खाने गर्नाले देशमा कुनै पनि आयोजनाहरु समयमा पुरा नहुने, काममा गुणस्तर नहुने, लागत बढने जस्ता अपारदर्शी कामहरु भएर नेपाल आज विदेशी ऋणमा डुव्दै गएको छ । जन्मन नपाउदै ८० हजारको ऋण लिएर नेपाली जम्मिनु परेको छ । यस्तो देशमा जम्मिएका मानिसले कहिले ऋण चुकाउछन ? कहिले देश बनाउछन ? ऋण लगाएर मर्ने बाउ लाइ शास्त्रले जसरी पापी हो भन्छ त्यस्तै राष्ट्रलाई ऋण लगाउने नेताहरु देशघाती हुन । देशका शत्रु हुन ।

अमरेशले देश नांगो बनाईसकेको संकेत दिए । राष्ट्र खोक्रो भईसकेको जनाउ दिए । यस्तो संसदमा उनीहरु नांगो बन्दै जादा सडकमा जनताले नांगा खुकुरी लिएर निस्कने दिन आउदैछन । देश डुव्न लागि सकेपछि मानिसमा बल्ल चेतना पलाएको छ । नयाँ शक्ति पनि उदाउने क्रममा छ । हेर्दै जाउँ मिसन ८४ ले सवै बढारेर लैजाला । आशा गरौ अब सुन्दर दिन को शुरुवात होला । पापको घडा भरिन्दैछ भन्ने संकेतहरु जताततै देखिन थालेका छन यो शुभ संकेत हो ।


सम्बन्धित शीर्षकहरु

ताली बजाउनेहरु धेरै देखेँ गालीमा रमाउनेहरू धेरै भेटेँ पैताला सधैँ जमीनमा राखेँ सिर सधैँ ठाडो पारेँ पैतालाको समस्याले जमीन भासिएन…

कमला देवकोटा, पाल्पा - कृपया मेरी आमालाई एक महिनाको लागि तपाईँहरुसङ्गै राखीदिनुस् है? किन तपाईं कता जाने? बृद्धाश्रमका प्रबन्धकले सोधे।…

झापा जिल्ला गौरादह न. पालीका बडा न. ८ निवासी भट्टराई बिगत ४ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आएकी भट्टराईको गत…

प्रतिकृयाहरू
...