Friday 10th January 2025

वार्षिक २ हजारभन्दा बढी उजुरी, साउदीमा सबैभन्दा धेरै समस्या


तितोपाटी- वार्षिक करिब ४ लाखको हाराहारीमा नेपाली युवाहरू वैदेशिक रोजगारीका लागि मलेसियालगायतका देशहरूमा पुग्ने गरेका छन् । तर वैदेशिक रोजगारीका क्रममा विदेश पुग्दा विभिन्न म्यानपावर कम्पनी तथा रोजगारी दिने कम्पनीले भनेअनुसारको सेवा तथा सुविधा नदिँदा त्यसको उजुरी वैदेशिक रोजगार विभागमा पर्ने गरेको छ ।

वैदेशिक रोजगार विभागमा आर्थिक वर्ष २०७४/७५ मा मात्रै २ हजार १ सय २९ वटा उजुरी परेका छन् । विभागमा परेका उजुरीहरूमा म्यानपावर कम्पनीले धेरै शुल्क लिएको उजुरी सबैभन्दा बढी पर्ने गरेको छ भने भनेअनुसारको काम र तलब सुविधा नपाएको उजुरी पनि उत्तिकै मात्रामा पर्ने गरेको वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजाल बताउँछन् ।

वैदेशिक रोजगार विभागले हालसम्म १ हजार ४ सय १९ वटा म्यानपावर कम्पनीलाई इजाजातपत्र दिएको छ । १४ सय १९ वटा म्यानपावर कम्पनीलाई वैदेशिक रोजगारीसम्बन्धी काम गर्न अनुमति प्रदान गरिएको भए पनि अहिले भने जम्मा १ हजार १ सय ६१ वटा कम्पनी मात्रै सक्रिय अर्थात् एक्टिभ रहेका छन् ।

१९७ म्यानपावर कम्पनी खारेज

वैदेशिक रोजगार विभागमा पटक पटक उजुरी पर्ने तथा गलत काम र ठगी गर्ने १ सय ५० भन्दा बढी म्यानपावर कम्पनीहरूलाई खारेज गरिएको छ । विभागका प्रवक्ता उद्धव रिजालका अनुसार यस्ता म्यानपावर कम्पनीहरूमध्ये अधिकांशलाई वैदेशिक रोजगार विभाग आफैले खारेज गरिदिएको छ । कतिपय म्यानपावर कम्पनीका मालिकहरू फरार हुने तथा सम्पर्कमै नआउने भएपछि उनीहरूलाई खारेज गरिएको हो ।

५९ म्यानपावर निष्क्रियको सूचीमा

विभागमा दर्ता भएका १ हजार ४ सय १९ वटा म्यानपावर कम्पनीहरूमध्ये ५९ वटा म्यानपावर कम्पनी निष्क्रिय वा अर्थात् इनएक्टिभ रहेका छन् । विभागमा उजुरी परी सम्पर्कमै नआउने, विभागमा उजुरी भई छलफलकै क्रममा रहेका र नक्कली कागजातको प्रयोग, नक्कली माग आदि ल्याउने म्यानपावर कम्पनीहरूमाथि छानबिन भइरहेकाले त्यस्ता म्यानपावर कम्पनीहरूलाई इनएक्टिभ गराइएको छ । इनएक्टिभ म्यानपावर कम्पनीले वैदेशिक रोजगारसम्बन्धी कुनै पनि काम गर्न पाउँदैनन् ।

२ वटा म्यानपावरलाई पूर्व स्वीकृति ल्याउन निषेध

वैदेशिक रोजगार विभागले २ वटा म्यानपावर कम्पनीलाई पूर्वस्वीकृति ल्याउन प्रतिबन्ध लगाएको छ । पहिले पूर्वस्वीकृति लिई विदेश पठाएका कामदारहरूबाट आएको उजुरी तथा उनीहरूको उद्धार नभएको तथा भनेअनुसारको सेवा र सुविधा नपाएको उजुरी आएपछि दुई कम्पनीलाई पूर्वस्वीकृति ल्याउन निषेध गरिएको हो ।

विभागले अल हिरा ओभरसिज र आर एन्ड आर ग्लोबल जब ट्र्याकर कम्पनीलाई पूर्वस्वीकृति ल्याउन प्रतिबन्ध लगाएको हो ।


सम्बन्धित शीर्षकहरु

च्याट जीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यानलाई उनकी बहिनीले यौन शोषणको आरोप लगाएकी छन्। यस मामिलामा सामकी बहिनी एन ओल्टम्यानले…

कुवेत: कुवेतले HH अमिर शेख मेसल अल-अहमद अल-जाबेर अल-सबाहको निर्देशनद्वारा निर्देशित महिला सशक्तिकरणको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै 2024 को…

नेपाल सरकार ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोध्दै उनलाई पदबाट हटाउने कसरत शुरू…

प्रतिकृयाहरू
...