Wednesday 31st December 2025

कांग्रेस र कम्युनिष्ट को घेरावन्दिमा घण्टी


तोयानाथ उपेक्षित, दाहाल/ यसपालीको उपचुनावमा कांग्रेस कम्युनिष्ट सवै अघोषित रुपमा मिलेर रास्वपा लाइ घेराबन्दी गर्दैछन । यसको मतलब के हो भने अर्को निर्वाचनमा यहि खालको दृष्य देशैभरी देखिने छ । यसबाट के बुझ्न सकिन्छ भने अब यो देशमा नयाँ बैकल्पिक शक्ति त उदायो उदायो । यो कसैले रोकेर वा छेकेर, छेकिनेवाला छैन । पुराना पार्टी वा दल किनारामा लाग्ने संकेत देखिन थाल्यो ।

चितवनमा कांग्रेसलाई सोध्नु भयो भने उसको प्रतिस्पर्धी एमाले हो भन्छ र एमाले कांग्रेस हो भन्छ । दुवै दलका उमेद्धारहरु चुनावमा सँगै चियाकफी पिउन जान्छन । मानौ चितवनमा घण्टीको कुनै अस्तित्व नै छैन । १२ भाई मिडिया मध्ये केही चाहि आजभोली घण्टी प्रति अलिक नरम देखिएका छन तर कान्तिपुर लगायतका आधा दर्जन भाईहरु सारा शक्ति लगाएर दुष्प्रचार गरीकन घण्टी लाई सिध्याउन लागेका छन ।

आजै मात्र एमाले युवा नेता योगेश ले उनी भर्जिन होईनन, आर्गनिक होईनन भन्न भ्याए । उनी जस्तो दोकला त पक्कै रबि होईनन होला त्यो संझने बुद्धि किन नपलाएको ? । सत्तरी करोड को टेप काण्ड का नायके गोकुल चितवनमा एमाले को चुनाव कमाण्डर भएका छन । उनले पनि खान पाएका होईन ढाका कुमार को जस्तो मात्र भएको हो तर रवि लाई नैतिकता को पाठ ढाका को विषयलाई लिएर पढाउन खोज्दैछन ।

विश्वप्रकाश ले पनि चुनावमा जनअपेक्षा विरुद्ध रास्वपाको विरोध गरे । बाख्रे नेता गगन ले तनहुमा रास्वपा कै उमेद्धार विरुद्ध विम बमन गरे । संसदमा शेर बहादुरलाई प्रभु का रुपमा मान्ने चित्र बहादुर केसी ले रास्वपाको विरुद्धमा ढुक्रिरहेका छन । यो उनको अरु दलहरुका लागि देखाएको भक्तिभाव मात्र हो । उनको दल अब आउने चुनावबाट ईतिहासमा सिमित हुनेवाला छ । माधब नेपालको पार्टीले बेलैमा बुझे जस्तो छ उसका नेताहरुले भने रास्वपा विरुद्ध बोल्ने हिम्मत आज का मितीसम्म गरेका छैनन ।

प्रशासन, अदालत, मिडिया र सवै राजनैतिक दलहरु एकातिर रास्वपा एकातिर लाग्नुको अर्थ के हो ? रास्वपा कमजोर भएको भए वा जनताको आर्कषण नभएको भए यी सारा संयन्त्र र शक्ति यसरी पछि पर्थे होलान ? यद्यपी राप्रपा सँग उनीहरु ढुंक्क छन । उसलाई उकास्न बरु मिलेमत्तो गर्दछन तर रास्वपा सँग उनीहरु अतालिएका छन । डर नभएको भए प्रचण्ड चुनाव लड्न पहाड चढ्थे होलान ?

तनहु मा राष्ट्रपति रामचन्द्र पौडेलको भाई बुहारी र छोरीहरु ले रास्वपा रोजिसके, त्यहाँका माओवादी नेता कार्यकर्ताहरु स्वर्णिम वाग्लेको चुनाव प्रचारमा खुल्लम खुल्ला हिडिरहेका छन । यसरी नै चितवनमा पनि सोही दृष्य देखिईरहेको छ । उता एमाले नेता तथा पूर्व अर्थ मन्त्री भरत मोहन अधिकारीको छोरी रास्वपामा शसक्त रुपमा उभिएकी छन । हरेक पुराना दलका मध्यम देखि तल्लो तहका कार्यकर्ताहरुले आ आफ्नो दल छाडीसकेका छन । कतिपयले दल नछाडे पनि मत परिर्वतन गर्ने कुरा खुल्लम खुल्ला व्यक्त गर्न थालेका छन यसको मतलब हो रास्वपा भारतको आमआद्मी पार्टीको रप्तारमा उदाएको छ । यो ज्ञान भएर नै हो कसरी रोक्न सकिन्छ भनेर रबि लामिछानेका विरुद्ध सारा शक्ति खनिएको छ । संभवत भौतिक रुपमा नै पाए सिद्धयाउन समेत उनीहरु पछि नपर्लान भन्न सकिन्न । रबि लाई सुरक्षा चुनौती अधिक छ कार्यकर्ता, समर्थक र जनता चनाखो हुन पर्ने अवस्था छ ।

यति कुरा पक्का हो चुनावमा सवै शक्ति रास्वपा लाई घेराबन्दि गर्न तल्लिन भए पनि तिन उपनिर्वाचनमा रास्वपा ले जित निकालेको खण्डमा सवै ले झुक्न पर्ने हुन्छ किनकी संसदको अंक गणित त्यस्तै छ । प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर रास्वपा ले संसदमा शसक्त विपक्षी भूमिका निर्वाह गरे अर्को चुनाव उसैको हो । सत्तामा गएर डेलिभरी दिन्छु भन्ने लोभ अब रास्वपा ले लिन हुदैन त्यसो गरे यीनै पुराना दल ले कुनै न कुनै रुपमा रास्वपा का आलाकाँचा सांसदहरुलाई फसाएर थुप्रै ढाका कुमार हरु जन्माउने छन ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...