Wednesday 29th October 2025

नेपाल भियतनामसँग पनि २-० ले पराजित भयो


तितोपाटी – १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा बिहीबार नेपालको २३ वर्षमुनिको टिम भियतनामको २३ वर्षमुनिको टिमसँग २-० ले पराजित भएको छ ।

इन्डोनेसियाको विबावा मुक्ति रंगशालामा भएको खेलमा भियतनाले नेपाललाई खेलभर दवावमा राखेको थियो । नेपालले खेलको ३१ औं मिनेटमा र ६३ औं मिनेटमा गोल खाएको हो ।

पहिलो खेलमा जापानसँग १-० ले पराजित भएको नेपालले भियतनामसँग सुधारिएको खेल देखाउने अपेक्षा गरिए पनि गोलको खडेरी तोडिन सकेन ।

समूह ‘डी’मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा अगस्ट १९ मा पाकिस्तान यु-२३ सँग खेल्नेछ ।

खेलमा ६ प्रहार मात्रै गरेको नेपालले पोस्टको दिशामा एउटै राम्रो प्रहार गर्न सकेन । भियतनामले नेपालको पोस्टको दिशामा गरेका २० प्रहारमा ६ प्रहार उत्कृष्ट रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

भारतीय मौसम विज्ञान विभाग (IMD) का अनुसार, आन्ध्र प्रदेशको काकीनाडा र मछलीपट्टनमको बीचमा चक्रवात 'मोन्था' को जमिनमा ठोक्किने प्रक्रिया सुरु…

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान, नेपाल र भारत बिचको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतीय टिमलाइ २-१ ले हराएको छ ।…

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान…

प्रतिकृयाहरू
...