Sunday 19th May 2024

सत्यको जितको लागि रविको संघर्ष दोश्रो चरणमा


तोयानाथ उपेक्षित, दाहाल
भएभरका सवै राजनैतिक दलबाट देश बनेन भनेर नथाक्नेहरुलाइ पनि थाहा छैन देश कस्ले बनाउला ? त्यसका लागि त नयाँलाई चुन्ने र परिक्षण गर्ने प्रजातन्त्रको उत्तम विधी नै हो तर त्यसो गर्न वा उक्त उपायलाई अंगाल्न पनि त्यस्ता मानिसहरुले हिम्मत गरेको पाईन्दैन बरु चार वर्षसम्म आफू सामेल भएको दल र नेतालाई गाली गर्दछन र चुनावमा तिनकै पछि र अघि दौडन्छन । अनि यस्तो रातभरी करायो करायो दक्षिणी हरायो को पाराले देश कहिले बन्छ त ?

एउटाले अर्को दल र नेता वा सरकारलाई गाली गर्न पाउदा उनीहरुले क्रान्ति गरेको ठान्दछन । तर मत तीनैलाई दिन्छन र आफूलाई नैतिकवान, तपस्वी, त्यागि र निष्ठावान भएको घोषणा गर्दछन । दल बदल गर्ने हिम्मत पनि नराख्ने आफ्नो पार्टी वा नेताका कुकर्ममाथि प्रश्न उठाउन पनि नसक्नेहरुले गर्ने स्वाभिमान र स्वभालम्बनका कुरा नै देशका निम्ति सवै भन्दा घातक भएको छ ।

हेर्नुस त रवि लामिछानेको विरुद्धमा उनीहरु कसरी खनिएका छन ! सामान्य प्राविधिक त्रुटीलाई कसरी उचाले र उनको सांसददेखि सभापतिको पदसम्म खोसे । हिम्मत नभएको उस्तै नेता हुने थियो भने पुन उठेर मैदानमा आउन सक्ने थिएन होला । त्यहि हिम्मत, साहास र हुटहुटी भएको हुनाले रवि आज सवैको माझ उतिकै प्रिय छन । उनलाई राज्यका सारा संयन्त्रहरुले हराउन सकिरहेका छैनन ।

सत्यका तिन चरण मध्ये रवि अहिले दोश्रो चरणमा छन । पहिलो चरणमा उनी उपहासका पात्र बने, अहिले उनले प्राप्त गरेको जनसमर्थन संघर्षको चरणमा छ र भोली उनलाई कसैले हल्लाउन नसक्ने ठाउँमा जब पुग्नेछन त्यो एउटा अकाट्य सत्य सवित हुने छ । देशले खोजेको नेता उही हो भनेर दुनियाले स्वीकार गर्न पर्ने हुन्छ ।

उनले टेलिभिजनको पर्दाबाट नै आफूलाई यसरी स्थापित गरिसकेका थिए की यो देशलाई चाहिने व्याक्ति रवि हो । नत्र नारायणीको किनार जनताको उपस्थितीले भरिने थिएन । राज्य संयन्त्रको दुरुपयोग गरेर फसाई सकेको रबिलाई चितवनले न्याय गरेको थियो । जब उनी पार्टी खोलेर राजनितीमा आए तब रविले कसैले नपत्याएको परिणाम सवैका सामु राखि दिए । त्यसपछि अतालिएका पुरातन शक्तिहरु उनलाई मुद्धा र मामलामा फसाउन लागे र प्राप्त गरेको शक्ति खोसियो । फेरी पनि उनी धुलो टकटकाएर उठेका छन । ज्याद्रो रविलाई जसरी पनि सिद्धयाउन पर्ने योजनामा लागेकाहरुले अहिले अडियो काण्डहरु मच्चाईउदैछन र उनको विरुद्ध यहि प्रचार समाग्रीलाई प्रसाद हो भनेर चितवन बासीलाई बाडदैछन । भांगका लड्डु बाढनेहरुले रबिलाई जनतासँग जाने बाटो छेक्न खोजिरहेका छन ।

ढाका कुमार काण्ड सक्कली होस वा नक्कली त्यो रविको व्याक्तित्व धुलिसाफ गर्ने हतियार बनाईएको छ । तर यो हतियारले पनि काम गर्ने अवस्था छैन अब । उनलाई रविले कारबाही गरेर उनको स्थानमा अर्को सांसद उनले थपिसके । यो नेपालको ईतिहासमा पहिलो घटना हो आरोप लागेको ७२ घण्टामा कारबाही गरियो । आजसम्म अरु दलहरुले भ्रष्टचारीहरुलाई लुकाउदै छिपाउदै र चोख्याउदै आएको परम्परा उनले तोडेर फेरी अर्को प्रशंसनिय कार्य गरे । के अझै रास्वपाको निष्टा र प्रतिबद्धतामाथि प्रश्न उठाउने ?

अब चुनावका लागि बाकी १० दिनहरुमा थप के कस्ता काण्डहरु रविको पार्टीमा लाग्ने हुन यसै भन्न सकिन्न । यो देशमा जान्नेलाई छान्ने, केही गर्छु भन्नेहरुलाई त्रिशुलीमा फाल्ने परम्परा छ । तर रविको हिम्मतलाई मान्न पर्दछ । यी सवै हत्कण्डाको जवाफ अरु कसैले दिन सक्दैन, सक्छन त चितवनबासी मतदाताले मात्र । अब जे गर्दछन उनीहरुकै हातमा देशको भाग्य र भविश्य छ ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...