Tuesday 8th September 2026

नेपाली राजदूतावास कुवेतको कार्यवाहक राजदूतको जिम्मेवारी काउन्सिलर सुजनी रानाको काँधमा


नेपाली राजदूतावास कुवेतकी काउन्सिलर सुजनी रानाले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेकी छन् ।

चार वर्षे कार्यकाल पूरा गरि राजदूत दुर्गा प्रसाद भण्डारी स्वदेश फर्किसकेको र नेपाल सरकारबाट अर्को राजदूत सिफारिस भैई कुवेत नआउँदासम्म सुजनी रानाले दूतावास प्रमुखको रूपमा जिम्मेवारी निभाउने कुवेत स्थित नेपाली दूतावास स्रोतबाट बुझिएको छ।

यति बेला नेपाली दूतावास कुवेतमा सुजनी राना कार्यवाहक राजदूत तथा काउन्सिलर, प्रथम सचिव प्रेम राज गौतम, द्वितीय सचिव श्रीकृष्ण सिलवाल, तृतीय सचिब रेवन्त बहादुर केसी, कुटनितिक सहचारी नवीन पराजुली, श्रम सहचारी हेमकुमार अधिकारी लगायत कार्यरत छ्न। बर्तमान सरकारले हालसम्म परराष्ट्रमन्त्री समेत नियुक्त नगरेकोले सायद रिक्त मुलुकहरूमा राजदुत सिफारिस हुन समेत ढिलाई भएकोछ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...