Tuesday 21st April 2026

अल मुजैनी कप अन्तर-नेपाली खुला भलिबल प्रतियोगिताको उपाधि मगर संघ कुवेतको पोल्टामा


कुवेत – गोर्खा स्पोर्टिङ क्लवको आयोजनामा सम्पन्न भएको ‘अल मुजैनी कप’ Al Muzaini Cup अन्तर नेपाली खुला भलिबल प्रतियोगिताको उपाधि मगर संघ कुवेत शाखाले जितेको छ भने कल्याणकारी नेपाली युवा समाज कुवेतको टिम उपविजेता बनेको छ । उक्त प्रतियोगितमा तेश्रो उपाधि नमस्ते नेपाली रेस्टुरेन्टले हात पारेको छ ।

कुवेतको राष्ट्रिय दिवस र स्वतन्त्रता दिवसको अवसरमा गोर्खा स्पोर्टिङ क्लवले ‘अल मुजैनी कप’ Al Muzaini cup अन्तर नेपाली खुला भलिबल प्रतियोगिता महाबुल्लास्थित खेल मैदानमा २४ तारिकका दिन आयोजना गरेको थियो ।

अल मुजैनी एक्सचेन्ज Al Muzaini Exchange को मुख्य प्रायोजनमा भएको भलिबल प्रतियोगिताबाट प्रथम हुने टिमलाइ नगद २५०/- केडि, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाइ नगद १५०/- केडि , ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय हुने टिमलाइ नगद ७५/- केडि, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । भलिबल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

कुवेतमा कृयाशिल नेपाली संघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी लगायत खेल प्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । अल मुजैनी एक्सचेन्जका सेल्स हेड एण्ड मार्केटिङ म्यानेजर स्मिजिथ गिरिजन Muzaina Exchange Sales Head and Marketting Manager Smithij Girijan Al र मार्केटिङ टिम लगायतको उपस्थिति रहेको थियो साथै अल मुजैनी एक्सचेन्जले आफ्ना ग्राहकहरुलाई आकर्षक उपहार समेत वितरण गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

शुक्रबार अब्बास अराघची ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत ठूलो घोषणा गरे। उनले युद्धविरामको बाँकी समयसम्म होर्मुजको जलडमरूमध्य पूर्ण रूपमा खोलिएको बताएका…

तितोपाटी- गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ…

तितोपाटी- नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई आत्मसात्…

प्रतिकृयाहरू
...