Tuesday 15th September 2026

माउण्ट एभरेष्ट कप” १७ मार्चमा खेलाईने, एम.बि बमजन गोल्ड कप भने अनिश्चित कालको लागि स्थगित


कुवेतमा २४ वर्षदेखी स्थापित कुवेतको सबैभन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले हरेक बर्ष  सञ्चालन गर्दै आएको एम.बि बमजन मेमोरियल गोल्ड कप फुटवल टुर्नामेण्टलाई विविध प्राविधिक कारणहरुवश अनिश्चित कालसम्मको लागि स्थगित गरेको जनाएको छ।

क्लवले अन्तिम समयमा गोल्ड कप स्थगित हुँदा पर्न जाने असहजता र असुविधा प्रति सम्पूर्ण खेलाडी र खेलप्रेमी कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु समक्ष क्षमा याचना गर्दै, तत्काल  “माउण्ट एभरेष्ट कप” स्थापना गरि क्लब कै नाममा  फुटवल प्रतियोगिता  आयोजनाको १९औं संस्करण संचालन गर्ने क्लबले  जानकारी दिएको छ।

क्लवका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा गत शुक्र्बार १७ मार्च २०२३ का दिन कुवेतको फर्वानियास्ठित एभरेष्ट नेपाली रेस्टुरेन्टमा बसेको क्लवको मासिक बैठकले आगामी खेल १७ मार्च २०२३ शुक्र्बारका दिन कुबेतको फाहाहिल सनैयास्थित सुकसवा फुटबल मैदानमा खेलाउने निर्णय गरेको हो।

क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई यस टुर्नामेण्टमा सहभागी भई खेलको मनोरन्जन लिन अनुरोध गरेको छ भने टिम दर्ता र टाईसिटको लागि आगामी १० मार्च २०२३ शुक्रबार, महबुल्लाको फुटबल मैदानमा बेलुकीसम्मको समय तोकेको छ। टिम दर्ता फि ‘इन्ट्री फि’ बारे चाँडै नै जानकारी दिने क्लवले बताएको छ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

मध्यपूर्वमा अमेरिका, इरान, साउदी अरब र हुथी विद्रोहीबीच तनाव थप बढेको छ। अमेरिकी सेनाको CENTCOM ले पनामा झण्डावाहक तेल ट्यांकर…

प्रतिकृयाहरू
...