Tuesday 7th October 2025

कुवेत एयरवेजले काठमाडौं सम्म हप्ताको ४ सिधा उडान थाल्यो


तीतोपाटी डटकम-कुवेत एयरवेजले कुवेतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(काठमाडौं) सम्म आफ्नो सिधा उडान गरेको छ। कुवेत एयरलाइन्सले ३० अक्टोबर २०२२ राति १०:५५ बजे आफ्नो पहिलो उडान गरेको हो। उडान KU391 ३१ अक्टोबर २०२२ मा बिहान ६:१० बजे (स्थानीय समय) काठमाडौंमा अवतरण गरेको थियो ।

कुवेत एयरवेजले हप्तामा मंगलबार, बुधबार, बिहीबार र आइतबार चार उडान गर्ने छ । यो उडान कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ४ बाट हुनेछ।

कुवेत एयरवेजको सेवा थपिएपछि कुवेतबाट काठमाडौंका लागि तीनवटा सिधा उडान हुनेछन् । जजिरा र हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत सिटी रुटमा सिधा उडान सेवा दिइरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत…

प्रतिकृयाहरू
...