Saturday 24th October 2026

भारतको गुजरातमा पुल भाँच्चिदा कम्तिमा १४१ को मृत्यु, ९ जना पक्राउ


भारतको गुजरात स्थित मच्छुनदीको झोलुङ्गे पुल आइतबार राति भाँच्चिदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी हराइरहेका छन् । क्षमता भन्दा बढि मानिस पुलमा गएकाले सो दुर्घटना हुन गएको अनुमान गरिएको छ भने सो घटनालाइ लिएर ९ जना पक्राउ परेका छन् ।

छट पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । बेलाइतको शासनकालमा १९ औँ शताब्दीमा बनेको उक्त पुल मर्मत सम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो ।

पुल मर्मतको ठेक्का पाएको ओरेभा ग्रुप अजन्ता म्यानुफ्याक्चरिङ प्राइभेट लिमिटेडका दुई जना प्रबन्धक, ठेकेदारलगायत नौ जना कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका छन् ।

गत मार्चदेखि मर्मतसम्भारका लागि बन्द गरिएको पुल गुजराती नयाँ वर्ष तथा दीपावलीका अवसरमा सर्वसाधारणका लागि खुला गरिएको थियो तर नगरपालिकाले पुल मर्मत सम्पन्न भएको प्रमाणपत्र नदिँदै पुल सर्वसाधारणका लागि खुला गरिएको समाचार बाहिरिएको छ । यस घटनालाइ लिएर विश्व नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...