Friday 24th July 2026

एनआरएनए कुवेतद्वारा देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न


कुवेत – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा नेपालीहरुको महानचाड दिपावलीकाे अवसरमा देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम कुवेतकाे मेमोरी हल, मङ्गाफमा हिजाे अक्टोबर २६ तारिखमका दिन भव्यरूपमा सम्पन्न भयो।

संस्थाका अध्यक्ष रनध्वज लामाकाे सभापतित्व तथा नेपाली दूतावास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका विशेष अतिथिमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद आईसिसि सदस्य हरि लावति/ माधव पौडेल नेपाल पत्रकार महासंघ कुवेतका सहसचिब हरि बानियाँ जनसंपर्क समिति कुबेतका महामन्त्री कृष्ण पौडेल तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका संरक्षक अर्जुन तामाङ एनआरएनए कुबेतका निवर्तमान सल्लाहकार तथा समाजसेवी शिव कोइरालाकाे सहभागिता थियो। देउसी-भैलो तथा सांस्कृतिक कार्यक्रम दिप प्रज्वलन गरी नेपालको राष्ट्रियगानबाट शुरुवात थियाे भने कार्यक्रम सञ्चालन केशर घलान तामाङले गरेका थिए।

कार्यक्रम सयोजक मोहन राईले देउसी-भैलो कार्यक्रममा उपस्थिति सबैजनालाई स्वागत मन्तव्यबाट स्वागत गरेका थिए भने स्वागत नृत्य गंगा राईले गरेकी थिईन। देउसी-भैलो कार्यक्रममा शुभकामना दिनेमा प्रमुख अतिथि नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवाल बिशेष अतिथिमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद आईसिसि सदस्य हरि लावति/ माधव पौडेल नेपाल पत्रकार महासंघ कुवेतका सहसचिब हरि बानियाँ जनसंपर्क समिति कुबेतका महामन्त्री कृष्ण पौडेल तथा विश्व साहित्य समाजका अध्यक्ष प्रेम कटवालले शुभकामना दिएका थिए।

अतिथिहरुमा कुवेत नेपाल संस्कृतिक मञ्चका अध्यक्ष गोविन्द बराल सराेकार समाज कुवेतका प्रतिनिधि चुडाराज क्षेत्री कल्याणकारी समाजका अध्यक्ष सुवास श्रेष्ठ जनसंपर्क समिति कुवेतका सभापति राजेन्द्र बिरही सिन्धुपाल्चोक समाजका सल्लाहकार प्रदिप कार्की शिल्पी समाजका महिला उपाध्यक्ष तथा विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि अतिथि थिए। स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको देउसी भैलो कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शक रमाउँदै नाचेका थिए भने कार्यक्रम संयोजक मोहनकुमार राईले आफ्नो प्रस्तुती दिदै कार्यक्रम हलमा उपस्थिति सम्पूर्ण दर्शकलाई फ़ेरि पनि नचाएका थिए। कार्यक्रममा स्थानीय कलाकारहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने मिडिया प्रशंसापत्र हिमाली संचार मिडियालाई प्रदान गरिएको थियो। देउसी भैलो कार्यक्रममा उपस्थिति सम्पूर्ण माहानुभावलाई मिष्ठान्न भोजनको व्यवस्था समेत गरिएको थियो। कार्यक्रमको अन्तमा उपस्थिति सबैलाई एनआरएनए कुवेतका अध्यक्ष रनध्वज लामाले दिपावलीकाे शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए।


सम्बन्धित शीर्षकहरु

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

पूर्वाधार न्यायाधिकरण गठनको तयारी अन्तिम चरणमा, विकास आयोजनाका विवाद छिट्टै टुंगिने अपेक्षा नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासम्बन्धी विवादलाई छिटो र विशेषज्ञतापूर्ण…

ब्रेकिङ: होर्मुज जलडमरूमध्यसम्बन्धी माग पूरा नभएसम्म युद्धविराम स्वीकार नगर्ने इरानको घोषणा इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरूमध्य (Strait of Hormuz)…

प्रतिकृयाहरू
...