Saturday 24th October 2026

भारतको महाराष्ट्रमा ट्रक र बस ठोकिएर अागलागी हुँदा ११ जना जिउँदै जले


भारतमा महाराष्ट्र राज्यको नासिकमा शनिबार बिहान एउटा भयानक दुर्घटना एघार जनाको जिउँदै जलेर मृत्यु भएको छ । बस र ट्रक एक आपसमा ठोक्किँदा बसमा आगो लागेको थियो । हेर्दाहेर्दै २० मिनेटमा बस जलेर नष्ट भएको भाष्कर दैनिकले जनाएको छ ।

दुर्घटनामा बसमा सवार ११ जना जिउँदै जल्नुका साथै ३८ यात्रु घाइते भएका छन् । बस यवतमालबाट मुम्बई जाँदै थियो। दुर्घटना बिहान ४:३० बजे भएको थियो। अधिकांश यात्रुले बसबाट हाम फालेर ज्यान जोगाएका थिए ।

दुर्घटना नासिक-औरंगाबाद मार्गमा नन्दुरनाका नजिक भएको हो। बस चिन्तामणि ट्राभल्सको बसमा ४५-५० जना थिए । प्रहरी नायब उपायुक्त अमोल ताम्बेले दुर्घटना भएको पुष्टि गरेका छन् । यस घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...