Saturday 19th April 2025

पञ्जावका मुख्यमन्त्रीको रक्सी विवाद


तोयानाथ उपेक्षित, भारतीय प्रान्त पञ्जाब का मुख्यमन्त्री भगवतमान सिंह ले आफूलाई समाल्न नसक्ने गरी रक्सी पिएका कारण उनलाई विमानबाट ओरालिएको समाचारले भारतमा मात्र नभएर विश्वभरी नै आम आदमी पार्टीमा आस्था राख्नेहरुको चिन्ता बढाएको छ ।

सेप्टेम्बर ९ बाट १८ रम्म जर्मनीमा चलेको एक लगानी सम्बन्धि सम्मेलनमा गएका मुख्यमन्त्री मान दिल्ली फर्कने दिन अर्थात १८ सेप्टेम्बरका दिन ज्यानै नथामिने गरी रक्सी पिएर विमानमा आएका थिएन र उनलाइ उनको श्रीमति र कर्मचारीको सहारामा विमान चढाईएको थियो भनिएको छ । त्यसपछि विमानले उनलाई बोक्न नमानेको कारण उनी र उनका सहयोगी टिमका ४ जना जहाँजबाट ओर्लिन परेको भनिएको छ । सो क्रममा जहाँज ४ घण्टा ढिलो गरी दिल्लीका लागि उडेको थियो ।

तर पञ्जाबका मुख्यमन्त्रिको अफिसियल भनाई ले त्यो समाचार को खण्डन गरेको जनाईएको छ । जस अनुसार उनी अस्वास्थ्य भएका कारण विमान को रि सेडयुअल गर्न परेको भनेको छ । बचाव र विरोधमा जे जति कुरा आएका छन त्यसले भारतिय मिडियामा ठुलै चर्चा पाएको छ । कसैकसैले पञ्जावको शिर गिराएको भनेका छन त कसैकसैले केजरीवाल लाई सम्बोधन गर्दै उनलाई मुख्यमन्त्रीवाट हटाउन माग गरेका छन ।

दिल्ली पछाडी पञ्जावमा पहिलो पटक आम आद्मी पार्टी ले एक लौटी सरकार गत निर्वाचनबाट बनाएको हो । भगवतमान सिंह ले आफ्ना एक मन्त्रीले कुनै योजनाका लागि कमिसन मागेको विषयलाई लिएर उनले बर्खास्त गरेका थिए । केजरीवाल भन्दा पनि कडा र निष्ठावान भनिएका पञ्जावी मुख्यमन्त्री ले साँच्चै थाम्नै नसक्नेगरी रक्सी पिएका नै थिए त भन्ने सवाल अझै केही दिन चर्चा बटुल्ने देखिन्छ । उनलाई र उनको पार्टीलाई गिराउन अर्नगल प्रचार मात्र गरिएको हो भने त्यसले भारतिय राजनितीको दुर्घन्ध कति कडा छ भन्ने देखाउछ ।

नेपालमा स्वतन्त्र भनिएका उमेद्धारहरु, वा नयाँ शक्तिका रुपमा आफूलाई मत मागि रहेकाहरु लाई पनि यो मुद्धाले कतै न कतै छुने छ ।


सम्बन्धित शीर्षकहरु

जगदीप धनखडले भने- धारा १४२ लोकतान्त्रिक शक्तिहरू विरुद्ध आणविक क्षेप्यास्त्र बनेको छ, उपराष्ट्रपति जगदीप धनखडले बिहीबार न्यायपालिकामाथि प्रतिक्रिया दिए। उनले…

आत्मनिर्भर नेपाल बनाउन सबैमा एकता हुनुपर्छ युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नुपर्छ देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ युवाहरूको श्रम र…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक हार्वर्ड विश्वविद्यालयलाई निशाना बनाएका छन्। ट्रम्पले भनेका छन् कि हार्वर्ड विश्वविद्यालय अब पढ्नको…

प्रतिकृयाहरू
...