Thursday 20th August 2026

मय, सम्बन्ध र शहर शिर्षकमा चित्रकला प्रदर्शनी


तितोपाटी-नेपाल कला परिषद बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको छ । प्रदशनीमा सूर्य दूधराज, सुरक्षा वाग्ले लगायत राम चन्द्र महर्जनले सयुंक्त रुपमा एकल कला प्रदर्शनी गरेका छन् । संयुक्त रुपमा एकल कला प्रदशर्नी यो पहिलो पटक भएको हो । उक्त कला प्रदर्शनीको मूल बिषय बस्तु समय, सम्बन्ध र शहर रहेको छ । जसमा सूर्य दूधराजले एकल प्रदर्शनीको मुख्य बिषय समयको बारेमा प्रष्ट्याउँदै ,समय हरेक ब्यक्तिको अनुभव अनुसार फरक फरक रहको र यो निरन्तर चलिरहने चक्र हो,समयलाई फर्काउँन सकिदैन भन्दै यो एकल कला प्रदर्शनीमा आफुले समयसम्बन्धि अलग अनुभवलाई क्यनभासमा उर्तान खोजेको बताएका छन् ।

त्यस्तैगरि सुरक्षा वाग्लेले आफ्नो कलाको मूल बिषय बस्तु “सम्बध” रहेको र यसलाई प्रकृति,धार्मिक एवम् ऐतिहासिक धरातलसंग जोडिएको भन्नेबारे प्रष्ट्याउन खोजिएको हो ।
त्यस्तैगरि अर्का एकलकला प्रदर्शनीका सहभागी रामचन्द्र महर्जनले आफ्ने मूल बिषय बस्तु शहरको फरक फरक रुपलाई क्यानभासमा स्वरुप दिएर स्पष्ट पार्न खोजेको बताएका छन् । नेपाल कला परिषदमा भइरहेको एकल कला प्रदर्शनी आश्विन १ गतेबाट शुरु भएको र आश्विन ७ गते सम्म जारी रहने जनाईएको छ । बिहान १०बजे देखि बेलुकी ५बजेसम्म खुल्ला रहने छ ।

 


सम्बन्धित शीर्षकहरु

इजरायली रक्षा बल (IDF) का प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले दक्षिणी सिरियाको भ्रमण गर्दै इजरायलको सीमासँगै कुनै पनि शत्रुतापूर्ण शक्तिले…

मध्य अफ्रिकी गणतन्त्र (CAR) को पश्चिमी क्षेत्र जाम्बोईस्थित सुन खानी क्षेत्रमा गएको पहिरोमा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ।…

रूसले बिहीबार राति युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा गरेको व्यापक मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...