Monday 26th October 2026

जजिराद्वारा कुवेत-भैरहवा दैनिक उडानको सुरुवात


तीतोपाटी- भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाकाप्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ ।

यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २ जेठदेखि नियमित उडान गरेको हो। खासगरी वैदेशिक रोजगारीमा जाने नेपालीले यो विमानस्थललाई आधार बनाएर सेवा लिइरहेका छन् ।

जजिराले भैरहवा हुँदै कुवेतबाट कतारसम्म सेवा दिने गरी सेवा जोडेको छ । गौतमबुद्ध विमानस्थलमा ३० अक्टोवरबाट बिज एयरवेजलेउडान गर्दैछ । यो दोस्रो वायुसेवा कम्पनी बन्नेछ । भैरहवाबाट आवुधाबीमा नियमित उडान गर्ने गरी यस कम्पनीले अनुमति लिएको छ ।

साभार अनलाइनखबर


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...