Friday 20th February 2026

अदालत भ्रष्टहरुको मुख्य संरचना रहेछ


तोयानाथ उपेक्षित, यसो भन्दा अदालतको मानहानीको मुद्धाको भागी भईन्छ भन्ने थाहा हुदा हुदै पनि बोल्न परेको छ । किनकी सवै खाले बेथितीको जन्म अदालतको भ्रष्टिकरणबाट संस्थागत हुदै जान्छ भन्ने कुरा खुल्ला तथ्य को रुपमा आईसकेको छ । राजनितीले उत्पादन गरेको फोहर र सरकारले शक्तिका आडमा गर्ने अन्यायलाई ठिक लगाउने अन्तिम निकाय नै अदालत रहेको हुदा अदालत विग्रेको देश उभो लाग्छ भनेर विश्वास गर्नै सकिन्दैन । चोलेन्द्र प्रकरणले औपचारिक रुपमा सर्वोच्चको विकृत स्वरुप उदांगो पारिसके पछि यति कुरा भन्नलाई के को डर ।

यहाँ त शरम कसैलाई लागेको देखिन्दैन । परमादेशबाट सत्तामा आएकाहरुले नै परमादेश जारी गर्ने न्यायधिसलाई सखाप किन पार्न खोजेका होलान भन्ने कौतुहलता उनले मेटाई दिएका छन । परमादेशको गुण तिर्न त कता हो कता गठबन्धनले चोलेन्द्रसँग थप धेरै कुरा मागेका रहेछन । चोलेन्द्रले तिनका सवै ईच्छा पुरा नगर्नु मात्र महाअभियोगको कारण होईन रहेछ । मुख्य कारण त ललिता निवास प्रकरणमा माधव र बाबुराम नजोगाउने हो भने गठबन्धन भत्कने भय ले पो चोलेन्द्रको टाउकोमा महाअभियोगको घन ठोकिएको रहेछ । परमादेशले बनाई दिएको सरकार लाई ललिता निवास काण्डले भत्काउने भए पछि चोलेन्द्रलाई महाअभियोग लगाएर ठेगान लगाउने उपाय अहिले प्रत्युत्पादक बन्ने देखिएको छ । “मर्ता है तो क्यु कुछ नहि कर्ता” भने झै चोलेन्द्रले सवै कुरा खोलिरहेका छन ।

यो कुरा पक्का हो चालेन्द्र परमादेश जारी गर्न चाहादैनथिए । अर्को के कुरा पक्का हो भने सर्वोच्चका न्यायधिस फेर्न दवाव दिएर ओली सरकार विस्थापन गर्ने योजना मा विदेशी शक्ति लागेको थियो । अर्को के कुरा निश्चित हो भने ओलीले घोक्रेठयाक पारेका प्रचण्ड ले आफ्नो रक्षा गर्नु थियो त्यसका लागि उनले विदेशीशक्तिहरुका सवै शर्त स्वीकार गरिसकेका थिए । सुतेर बसेका देउवा लाई जगाउने काम माधव र प्रचण्डले किन पनि गरे भने ओली ले ढिलो चाडो प्रचण्डलाई पनि थुन्ने थिए । माधव र बाबुराम त चोलेन्द्रको फैसलाबाट नै ठेगान लाग्नेवाला थियो ।

देउवालाई सत्ता बुझाएर आफ्नो सुरक्षा सुनिश्चित गर्ने काम बाबुराम, प्रचण्ड र माधव नेपाल को हुने भए पछि सवै एक ठाउमा जोडिन पुगे । गौरका अफताव आलम पछि गौर काण्डकै अर्को गंभिर हिंसात्मक घटना घटाउने उपेन्द्रको पनि चुरीफूरी सकिनेवाला थियो । यसर्थ परमादेशका लागि उनी पनि मिसिन पुगे । सवै जुटेर कांग्रेसलाई सत्ता सुम्पने भए पछि देउवा पनि जागे । यी अदालति तारतम्य मिलाउने र सवै लाई एक ठाउमा ल्याई दिने भारतको भागमा भने नागरिता विधेयक पर्न गयो । उनीहरुले ओली सरकार गिराउदा सवै वीन वीन हुने बाटो खने र देशलाई खाडलमा हाल्न किन्चित हिचकिचाएनन । भएको सार यति नै हो । यसका लागि गणतन्त्र र संघियता पनि जाने, ओलीको निरंकुश सत्ता लादिने खुव प्रचार गराए । नेपालका सवै जसो मुलधारका मिडिया भारतिय मिसन का गोटी बनेको चित्र बहादुर जस्ता स्वाठहरुले थाहै पाएनन । यो देशमा यी सवै कुरालाई मिहिन गरि बुझ्ने एउटा सानो नारायणमान विजुक्छेको पार्टी मात्र थियो जसले सधै ओलीको कदममा सतिसाल झै खडा भईरहयो ।

हेरौ त हाम्रो अदालत कस्तो रहेछ । न्यायधिसहरु कसरी भागबण्डमा आउदा रहेछन । बार नामको विचौलियाहरु ले विभिन्न आफू अनुकुलका मुद्धाहरुमा कसरी प्रस्तुत हुदा रहेछन । न्यायधिसहरु ले पैसा नखाई कुनै फैसला नगर्ने रहेछन भन्ने छर्लंग भएको छैनर ? वोकिलहरु झगडियाबाट भारी रकम लिएर मुद्धा जिताउन न्यायधिस सँग बार्गेनिंग गर्दा रहेनछन त ? अख्तियार लाई विरोधी तह लगाउने अस्त्र भनिन्थ्यो नेपालमा त न्यायधिसहरु त्यो भन्दा पनि गिरेर फैसला सुनाउने गर्दा रहेछन । भ्रष्टचारको मुल संरचना बनेको हाम्रो अदालतको फोहर कसले र कहिले सफा गर्ने हो हेरौ ।


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...