Thursday 13th August 2026

विश्व इन्टरनेशनल रेष्टुरेन्ट कुवेतको फाहाहिलमा शुभारम्भ


कुवेतको फाहाहिल बजारमा विश्व इन्टरनेशनल रेष्टुरेन्ट नाम गरेको नयाा रेष्टुरेन्ट शुभारम्भ भएको छ । उक्त रेष्टुरेन्टको गत बिहिबार २५ अगष्ट २०२२ का दिन नेपाली राजदूतावासका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले दीप प्रज्वलन र रिवन काटेर शुभारम्भ गरिएको हो । उक्त रेष्टुरेन्ट कुवेतको सबै भन्दा पुरानो नेपाली रेष्टुरेन्ट संचालक दिल माया तामाङले खोलेकी हुन् ।

फाहाहिल बजारको लुलु हाइपार मार्केट, म्याक्स तथा ग्र्याण्ड हाइपर रहेको मानिसहरूको निकै चहलपहल हुने एरियामा रहेको उक्त रेष्टुरेन्ट शुभारम्भ समारोहमा महामहिम ज्यूको साथमा नेपाली राजदूतावास कुवेत परिवार, गैरअावासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष, संरक्षक, मध्यपुर्व उपसंयोजक लगायत सम्पुर्ण एनअारएनए कुवेत परिवार, नेपाल पत्रकार महासंघ कुवेतका मिडियाकर्मी साथीहरूको अलावा रेष्टुरेन्टका पारिवारिक इष्टमित्रहरको उपस्थिति रहेको थियो ।

झण्डै २ दशक भन्दा लामो समयदेखि कुवेतमा रहेर अाप्रवासी श्रमिकदेखि एक सफल व्यवसायीसम्मको पहिचान बनाएकी सबैको चिर परिचित सामाजिक मनकी धनी दिल माया तामाङले यो रेष्टुरेन्ट संचालनमा ल्याएकी हुन् । झण्डै एक दशक अघिदेखि फाइभ सेन्स नेपाली फेमिली रेष्टुरेन्ट संचालन गरिरहेकी तामाङले उक्त रेष्टुरेन्टको अपार सफलता पछि सोही रेष्टुरेन्ट रहेको भवनमा यो नयाँ रेष्टुरेन्ट संचालनमा ल्याएकी हुन् ।

उनको एक्लैको लगानी रहेको उक्त रेष्टुरेन्टले नेपाली परिकारहरूका अलावा यसियन, अरबिक र पश्चिमा मुलुकका खानाहरू समेत बनाउने छ भने फरक फरक प्रकारका खानाका पारखी ग्राहकहरूलाइ स्वादिष्ट खानाका परिकारहरू परोस्ने संचालक दिलमाया तामाङले जनाएकी छन् । इन्डियन, अरबिक, अमेरिकन, इटालियन, फिलिपिनो, चाइनिज साथै कन्टिनेन्टल खानाका परिकारहरूका मेनु तयार गरिसकेको उक्त रेष्टुरेन्टमा अाइसक्रिम, लस्सी, जुस देखि मिक्स ग्रिल, कवाव, बर्गर सम्मका सबै परिकारहरू उपलब्ध हुनेछन् ।

दशकाैं देखि नेपाली फेमिली रेष्टुरेन्ट संचालन गरेर नेपाली ग्राहकहरूका अतिरिक्त भारतीय, भुटानी, फिलिपिनी लगायत धेरै देशका ग्राहकहरूको मन जित्न सफल तामाङले नेपाली खानको विदेशमा प्रवर्धन गर्दै अझै लगानी बढाएर स्वदेशी तथा विदेशी सबै ग्राहकहरूलाइ मध्यनजर गर्दै नयाँ रेष्टुरेन्टमा ल्याउनु एक सराहनीय कदम हो । व्यवसायमा नाफा नोक्सानको चुनाैति त हुन्छ नै, त्यति हुँदा हुँदै पनि एक इमान्दार व्यवसायी भएर बढि नाफा लिनु भन्दा पनि गुणस्तरीय सेवा दिन सकेमा सफलता हात पार्न कहिँ जानु पर्दैन भन्ने ज्वलन्त उदाहरण अहिले दिलमाया तामाङ बनेकी छन् ।

कुवेतमा केही वर्ष यता नेपाली युवा उद्यमीहरूको रेष्टुरेन्ट क्षेत्रमा लगानी गर्ने क्रम बढ्दो छ । दिलमाया तामाङले मात्रै २० जना भन्दा बढीलाइ रोजगारी दिएर २ वटा रेष्टुरेन्ट संचालन गरिरहेकी छन् भने भने हाल कुवेतका विभिन्न ठाउँमा गरि एक दर्जन भन्दा बढी नेपाली रेष्टुरेन्टहरू संचालित छन् ।


सम्बन्धित शीर्षकहरु

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन्।…

अमेरिकाले इरानमाथिको नाकाबन्दी कडा पार्‍यो, ५९ व्यावसायिक जहाजको मार्ग परिवर्तन अमेरिकी सेनाले इरानका बन्दरगाहतर्फ जाने वा त्यहाँबाट निस्कने ५९ वटा…

जापानले जुलाई ३१ मा नेसनल इन्टेलिजेन्स ब्युरो (NIB) स्थापना गर्दै दशकौँपछि आफ्नो गुप्तचर संरचनामा ठूलो पुनर्गठन गरेको छ। यसको उद्देश्य…

प्रतिकृयाहरू
...