Friday 3rd May 2024

‘फ्री भिसा, फ्री टिकटको नाममा कुवेत आउने युवाहरु ठगीदै


बसन्त थापा,कुवेत

तितोपाटी- रोजगारीको लागी म्यानपावर व्यवसायीलाई लाखौ तिरेर कुवेतमा आउनेकोसंख्या बढ़ेको छ।संख्या बढ़े संगै ठगिनेको संख्या पनी उत्तिकै बढेको हो

त्यसोत सरकारले निःशुल्क भिसाको बन्दोबस्त गरे पनिम्यानपावर कम्पनीहरूले लाखौँ रुपियाँ असुलिरहेका छन् 

वैदेशिक रोजगारीका नाममा खाडी मुलुकमा ठगीका घटना अत्याधिक हुने गरेका छन। गत २०७२ मा सरकारले कुवेत लगायत खाडीकाविभिन्न देशमा जान चाहानेहरुको लागी फ्रि भिसा फ्रि टिकट लागू गरेको घोषणा गरेको थियो

मुलुकमा रोजगारीको अवसर न्युन भएकाले, पछिल्लो समय कुवेत वैदेशिक रोजगारीका लागी हजारौ युवाहरुको रोजाइमा परेको छ।

हरेक वर्ष करिव हजारौ वैदेशिक रोजगारीमा कुवेत आउन बाध्य छन् उनीहरु रहरले विदेश नआएता पनी अधिकांश युवाहरु लाखौरकम तिरेर कुवेत आएको बताउन्छन।

हालै कुवेतको एक प्रतिष्ठित कम्पनीमा २६ जना नेपाली आएका छन। उक्त २६ जना मध्य दुई जना तितोपाटीसंगको कुराकानीमा आफु आफु संग आएका २६ जनाले म्यानपावरलाई कसैले एक लाख असी हजार कसैले दुई लाख सम्म तिरेको बताए।

सामान्य कामदारको रूपमा कुवेत आउदा पनी म्यानपावरले दुई लाख  रुपैयाँसम्म उठाउँदै आएका छन्  यसरी म्यानपावरले पैसा उठाएपनि कामदारलाई भने सानो रकमको मात्र रसिद दिने गरेका छन्

हामीले ती युवाहरुको कम्पनीको नाम गोप्य राख्ने सर्तमा उनीहरु वास्तवमा ठगिएको काम पनी म्यानपावरले भनेको भन्दा फरकरहेको जनाए।

श्रम मन्त्रालयले लागू गरेको फ्रि भिसा टिकटका विषयमा वैदेशिक रोजगारीमा कुनै पनी देश जाने श्रमिक प्राय जानकार छन् मलेसिया खाडीका देश जाने कामदारलाई फ्रि भिसा फ्रि टिकटका बारेमा जानकारी भएपनि उनीहरु धेरै पैसा तिरेर सरकारले फ्रिभिसा फ्रि टिकट लागू गरेका देश जान बाध्य छन्

कोरोनाको महामारी पछी युवाहरुले जीविका चलाउन जीवनस्तर उकास्नकै लागि लाखौ रकम तिरेर कुवेत आउनेको संख्यामा पनी वृद्धिभएको छ।

अहिले कुवेतमा झण्डै एक लाख नेपालीहरु कार्यरत छन नेपालीहरुको संख्या बढ्दै जादा समस्याहरु पनी थपीदै गएका छन। समस्याथपिनु भनेको आफुले कुरा नबुझी कुवेतको बारेमा अध्यान नगरी आउनु हो। अर्कों समस्या भनेको, कौड़ीको भाउमा खोलिएकाम्यानपावरले गलत सूचना दिने भएकोले पछिल्लो समय धेरै युवाहरुले आफुलाई म्यानपावरले आकर्षक सेवा सुविधाको प्रलोभनमा पारेरफ़साएको ठगिएकाहरु बताउन्छन।

म्यानपावर व्यवसायीले कुवेतमा गएपछी मैनाको लाखौ कमाई हुने, ओभर टाईम, बोनस पनी पाइने जस्ता आस्वसन दिएकोले आफु आफु संग अन्य जना कुवेत आएको कुवेतमै एक रेष्टुरेण्टमा कार्यरत नेपालीले बताए।

म्यानपावरबाट पीडित बनेर खाडीमा जवानी उमेरलाई पैसासँग साटेर पाशविक जीवन बिताइरहेकाहरुको यस्तो कथा सहीनसक्नु छ।पछिल्लो समयमा यसरी ठगिने युवाहरुको संख्या बढ्दो

राम्रो काम आकर्षक तलवको लोभ देखाइ म्यानपावर कम्पनी तथा दलालहरुले युवाहरुलाई बैदेशीक रोजगारमा पठाउछन् तर, यहाँ  आएपछी लोभ देखाए जस्तो काम तलव हुदैन। पीडित युवकहरु कम्पनी दलाल ब्यक्तिका विरुद्ध प्रस्तुत हुन पनि सक्दैन्न अन्तत्वपशु सरह नाटकीय जीवन जिउन बाध्य हुन्छन

कुवेतबाट पनी समाजसेवीको नाममा ठगी

लामो समय कुवेतमा रहेर समाजसेवीको पगरी भिरेका केहि व्यक्तिहरू युवाहरुलाई अनेक भ्रममा पारेर ठगी गरिरहेको पाइएको वैदेशिक रोजगारका लागि म्यानपावर व्यवसायीहरुले सरकारी स्वीकृति लिएर काम गर्ने गरे पनि वैदेशिक रोजगार व्यवसायको अनुमतिनै नलिएका व्यक्ति संस्थाहरुबाट हुने गरेको ठगी दिनानुदिन बढेर गएको


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...