Wednesday 8th May 2024

ईजरायलका लागि साउदी को आकाश खुल्ला


तोयानाथ उपेक्षित, यो समाचार तयार पार्दै गर्दा अमेरिकी राष्ट्रपति जो बाईडेन साउदी अरेवियाको भ्रमणमा छन । उनी ईजरायलको तेल अभिवबाट आर्मी प्लेनमा चढेर साउदीको कोष्टल सिटी जेद्दा उत्रिएका हुन ।

ईतिहासमा यस्ता दिनहरु विते खास गरेर मुश्लिम देशहरु लाई ईजरायल सधै तिम्रो दुश्मन हो भनेर पढाईयो र उनीहरुले सोही अनुसारको व्यहवार ईजरायल सँग गर्दै आए । जोर्डन र ईजिप्ट ईजरायल सँग केही नरम व्यवहार गर्दथे तर बाकी विश्व मुश्लिमको ईजरायलसँग बाप-बैरी को सम्बन्ध रहदै आयो । अब त्यो एउटा युग को पनि अन्त्य हुने चरण शुरु भईसकेको छ ।

सन २०२० बाट युएई ले उसँग सम्बन्ध सुधारको हात बढायो र अहिले दुवै देश ले दैत्य सम्बन्ध समेत स्थापित गरिसकेका छन । दुवै देशबीच सिधा हवाई उडान हुने गरेको छ र व्यपारिक सम्बन्ध अघि बढदैछ । तर यसै रिजनमा रहेका अरु देशको सम्बन्ध ईजयारेल सँग छैन । आजबाट भने साउदी अरेवियाले पनि दुवईको पदचाप पछ्याउदै एउटा महत्वपूर्ण निर्णय गरयो । यसको शुरुवात आकाशको सम्बन्धवाट गासिएको छ । ईजरायल ले साउदीको आकाश प्रयोग गर्न पाउने घोषणा गरिएको छ । कार्गो होस वा यात्रु विमानले साउदीको आकाश निर्वाध रुपले प्रयोग गर्न पाउने भएको छ । यो ऐतिहासिक निर्णय को उदघाटन गर्न अमेरिकी राष्ट्रपति वाईडेन स्वयम ईजरायलको तेल अभिबबाट विमान चढेर साउदी पुगेका छन ।

राष्ट्रपति बाईडेन लाई जेद्दा प्रोभिन्सका गर्भनर तथा राजकुमार खालिद अल फाईजल र राजकुमारी रिना विन्त ले स्वागत गरेका छन । वाईडेन चढेको प्लेनको सिढीमा पर्पल कलरको कार्पेट विछ्याईएको थियो ।

नाटकिय रुपमा अरब मुलुकहरु ईजायरेल सँग किन सम्बन्ध सुधार्न तयार देखिए भन्ने कुराको जडमा जाने हो भने विश्व अनेकौ धु्रबमा उदाई रहेको बेला अमेरिका आफ्ना सहयोगी तथा साझेदार मुलुकहरुलाई एक ठाउँमा पार्न चाहान्थ्यो । ईजायरेल सँग अरब मुलुकहरुको सम्बन्ध सधैभरी बैरभावपूर्ण रहदा उसलाई यस क्षेत्रमा काम गर्न गाहो भईरहेको बुझन कठिन थिएन ।

उदाउदो महाशक्ति चीन र अमेरिकाको कट्टर शत्रुका रुपमा रहेको ईरानको प्रभाव र विस्तार रोक्न का लागि पनि खाडिका राष्ट्रहरुको सम्बन्ध ईजरायलसँग राम्रो हुनु नै थियो जो अमेरिकाको हितमा हुनेछ । अन्तत अमेरिकाको लामो समय देखिको प्रयास सफल भएको छ । खाडिका सवै जसो राष्ट्र अमेरिका नजिक छन र ति देशहरुमा अमेरिकाको सैन्य उपस्थिती रहेको छ । यस्तो अवस्थामा ईजरायलको शक्ति र उसको प्रविधी को लाभ खाडी राष्ट्रले उठाउन सके मात्र ईरानको खतरालाई झेल्न सक्छन भन्ने मा एक मत भए जस्तो देखिन्छ ।

ईजरायल सानो राष्ट्र भए पनि विज्ञान र टेक्नोलोजीमा निक्कै अगाडी छ । घातक हतियारको उत्पादन र आकाश युद्धमा पनि उ निक्कै शक्तिशाली छ । यस्तो अवस्थामा छिमेकमा सधै दुश्मनी मोलेर सिया मुश्लिम बाहुल्य राष्ट्रसँग सामना गर्न गाहो हुने सवैको बुझाई हुन पर्दछ । खाडी राष्ट्रका साथै ईजरायल लाई पनि ईरानको डर छ ।

साउदी अरबले त छिमेकी देश यमन बाट लामो समय देखि आतंकबादी आक्रमण झेल्दै आएको छ र उ अहिले पनि युद्धको स्थितीमा छ । यमनबाट साउदीमा हुने सबै आक्रमणका पछाडी ईरानको हात रहेको बताईन्छ । यता रुस र युक्रेनको विचमा द्धन्द चर्किए पछि अमेरिका का साझेदार राष्ट्रहरु को आर्थिक गतिविधी चीन तथा रुससँग बढेकोमा अमेरिका को चिन्ता थियो त्यसलाई रोक्न पनि अमेरिका मध्यपूर्वमा अरु सक्रिय हुन लागेको हो । रुसी तेल र ग्यासमा निर्भर रहेको युरोपलाई राहत दिन का लागि पनि मध्यपूर्वको साथ सहयोग अनिवार्य हुने भएका ले अमेरिकाको चासो बढेको हो । अब ईजरायल र साउदीलाई एक ठाउँमा ल्याए पछि बचेका अरवियन साना देशहरु पनि क्रमस ईजायरेलसँग चाडै नै नजिक हुन सक्ने देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...