Saturday 22nd August 2026

जग्गा धनी पुर्जा पाइने आशामा बाराका निजगढ र जितपुर सिमराका सुकुम्बासीहरू


बि. आर. उप्रेती – सरकारको निति तथा कार्यक्रम अन्तरगत विगत सरकारबाट राष्ट्रका सुकुम्बासी जनताहरुको बसोबासको व्यवस्था गरी गरिब तथा अव्यवस्थित कृषकहरुले जोतभोग गरेको आधारमा जग्गा धनी प्रमाण पुर्जाको लागि ऐलानी जग्गा नाप जांच र सुकुम्बासीलाई बास दिने भनी सरकारबाट पटकपटक आयोग गठन गरी कतिपय जिल्लामा त्यस्ता कार्य सम्पन्न गरि जग्गा धनी पुर्जा एवं बसोबासको स्थायित्व गरिदिएको थाहा भयो तर बारा जिल्लाको उत्तरी भेगमा निजगढ नगरपालिका, जितपुर सिमरा उप महानगरपालिका अन्तरगत विगतमा कहिँ कतै ऐलानी जग्गा नाप जांच कार्य भएतापनी कुनै आयोगबाट नापी नक्सा सम्बन्धि काम अधुरो नै भएको भनी धेरै वर्ष अघि देखि जनताहरु निराशा भएको बुझिन्छ ।

यसरी पटकपटक अव्यवस्थित तथा सुकुम्बासीहरुको व्यवस्था गर्न बनेको सरकारबाट गठित आयोगले जि.सि.उप म. न. पा. अन्तरगतका हाल सम्पन्न निर्वाचनबाट विजयी भएका स्थानीय जनप्रतिनिधिहरुको अथक प्रयासले सरकारबाट हालै गठित भूमि हिन आयोगले उपरोक्त अनुसार भूमि हिन जनताको बसोबास तथा अव्यवस्थित बसोबासीको ऐलानी जग्गा नाप नक्सा तथा जोत भोगको आधारमा जग्गा धनी पुर्जा दिलाउन निकट भविस्यमा नै जग्गा नाप जांच कार्य सुरु हुने भन्ने थाहा भएर जि.सि.उप म. न. पा. अन्तरगतका त्यस्ता किसिमबाट प्रभावित पीडित कृषकहरु खुशी भएका छन् ।

पचासौं वर्ष अघि देखि हुन् नसकेको ऐलानी जग्गा नाप जांचको कार्य यति बेला स्थानीय जनप्रतिनिधिहरुले सुकुम्बासी तथा अव्यवस्थित बसेका ऐलानी जग्गाको नापजाँच गरि गराई जग्गा धनी प्रमाण पुर्जा दिलाई दिएमा आ आफ्ना जनप्रतिनिधिहरुको जय जयकार मनाई जग्गा धनी पुर्जा प्राप्त गरिन्थ्यो भन्छन् प्रभावित पीडित कृषक जनताहरु ।


हाल बारा

संकलनकर्ता – के. एन. खरेल


सम्बन्धित शीर्षकहरु

साउदी अरबको कच्चा तेल बोकेको ‘SERENO’ नामक तेल ट्यांकरले अमेरिकी समर्थनमा सञ्चालन गरिएको सुरक्षा करिडोर प्रयोग गर्दै होर्मुज जलडमरूमध्य पार…

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

प्रतिकृयाहरू
...