Thursday 6th November 2025

संसदीय निर्वाचनप्रति जनताको दृष्टि


बि. आर. उप्रेती – स्थानीय तहको निर्वाचन २०७९ पछि विजयी व्यक्तिहरु आ-आफ्नो ओहोदा अनुसार कार्य संचालन गर्न लागि रहेकाछन् यो स्वभाविक हो । यस पश्चात् निकट भविष्यमा हुने संसदीय निर्वाचनको लागि राजनीतिक दलहरू सलबलाउन थालिसकेका छन् । आ-आफ्नो पार्टीबाट उम्मेद्बार बन्न बनाउन अनौपचारिक छलफल, टिकट पाउन कसरत, दौडधुप सुरु हुन थाली सक्यो होला ।

यसरी एकातिर राजनैतिक दलका अगुवा नेताहरू आउँदो निर्वाचनप्रति ध्यान केन्द्रित छन् भने अर्कोतिर जनताहरु पनि सोचिरहेका मात्रै होइन कुन कुन नेताहरू जनता र देश सेवक बन्न ठिक रहेछन् र कुन नेता भ्रष्ट रहेछन् जस्ता नेताहरूको क्रियाकलापको बारेमा गफ गर्दै निर्वाचनमा कसलाई मत दिने भन्ने जस्ता छलफल गर्छन् । हुन पनि हो । अब पहिलाका जस्ता जता मोड्यो त्यतै मोडिने जनता सोचेका होलान् त्यस्ता होइनन् अहिलेका जनताहरुले त धेरै कुरा बुझिसकेकाछन् । राम्रो, नराम्रो छुट्टाउन सक्ने भएका छन् । जनताहरुले कसरी मतदान गर्दा रहेछन् गत निर्वाचनमा काठमाडौका मेयर उप मेयरको निर्वाचनमा जनताको सहभागिता हेरौं न ।

तसर्थ नेता ज्युहरु आगामी निर्वाचनमा टिकट लिएर विजय हासिल गर्नका लागि अहिले देखि नै सोच्दै रहनु होला । यस भन्दा पहिलाको पदावधिमा मैले के कसरी पदावधि बिताए न केहि कमी कमजोरी पो छ कि यदि त्यस्तो भए जनताहरु समक्ष के भन्नु पर्ला, के गर्नु पर्ला बेलैमा आत्मालोचना या क्षमायाचना पो गर्नु पर्ने हो की आ-आफ्नो क्षेत्रका जनताहरुको मन भित्र बस्ने, जनताहरुको सुख दु:खमा छु भन्ने विश्वास दिलाएर मात्र आगामी निर्वाचनमा विजय हासिल गर्न सहज हुन्छ यसमा दुईमत नहोला । देशका विभिन्न स्थान कुना काप्चा, गाउँ शहर जहाँ पनि अहिले देखि यस्तै मात्र कुरा गर्छन् जनताहरु ।

बारा, नेपाल


सम्बन्धित शीर्षकहरु

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

सेबु: मंगलबार मध्य फिलिपिन्सको कालमेगी आँधीले ल्याएको वर्षाले ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।…

प्रतिकृयाहरू
...