Tuesday 28th October 2025

यु – १५ साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलार्इ ४-० ले हरायो


तितोपाटी – भुटानमा जारी यू-१५ साफ च्याम्पियनसीप महिला फूटबल अन्तर्गत अाफ्नाे पहिलाे खेलमा नेपालले पाकिस्तानमाथि ४–० को जित निकालेकाे छ। खेलकाे साताैं मिनेटमा अनुष्का शेर्पाकाे गाेल मार्फत अग्रता बनाएकाे नेपालका लागि १३ औं मिनेटमा सविता रानामगरले दाेश्राे गाेल थपेकी थिइन्।

पहिलाे हाफमा २-० काे अग्रता बनाएकाे नेपालले दाेश्राे हाफमा समेत २ गाेल थप्याे। दाेश्राे हाफमा नेपालकालागि सवितालेनै व्यक्तिगत दाेश्राे गाेल थपिन भने चाैथाे गाेल नेपालका लागि रजनी थोकरले गरिन। शनिवारकाे जितसँगै नेपालले समुहमा ३ अंक जाेडेकाे छ।

खेल जितेसँगै भुटानमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा नेपाली टोली सेमिफाइनलमा पुगेको छ । यसअघिको संस्करणमा नेपालले पहिलो चरणबाटै बाहिरिएको थियो । तर यसपटक भने पहिलो खेलमा आज पाकिस्तानलाई ४–० लाई हराएसँगै अन्तिम चारको यात्रा तय गरेको हो ।

योसँगै समूहको अर्को टोली बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई १४–० ले हराएको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान, नेपाल र भारत बिचको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतीय टिमलाइ २-१ ले हराएको छ ।…

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान…

पाकिस्तानी मिडियाका अनुसार इस्लामाबादले आतंकवाद विरोधी प्रयासहरूमा सहयोग सहित प्रमुख सुरक्षा मुद्दाहरूमा तालिबानले "अतार्किक र अलग" अडान लिएको आरोप लगाएपछि…

प्रतिकृयाहरू
...