तोयानाथ उपेक्षित, तीतोपाटी/यतिबेला स्वतन्त्र हु भन्नेहरु पनि खुल्ने समय हो तर यो चुनावमा भने उल्टो परिदृष्य देखिन थालेको छ । कुनै पार्टीमा लामो समय देखि आवद्ध क्रियाशिल मानिसहरु समेत आफूलाई स्वतन्त्र भएको घोषणा गर्न थालेका छन । यसो हुनको कारण गठबन्धन संस्कृतिको प्रतिवादको हो ।
वास्तवमा स्थानिय निर्वाचन दलिय रुपमा नभएर निर्दलिय चुनावका रुपमा हुन पर्ने हो । जो स्थानिय रुपमा दिनरात त्यहाँका नागरिकका समस्यामा जुधि रहेको छ उसलाई पार्टीको विल्ला नभिरे पनि उमेद्वारी दिएर जित्न सक्ने प्रबन्ध हुन पर्ने थियो तर हाम्रो संवैधानिक प्राबधानले त्यस्तो व्यवस्था गरेन । पार्टीको झोला नबोक्नेको भविश्य राजनीतिमा छैन भन्ने संदेश दिने प्रणाली हामीले अंगाल्न पुग्यौ ।
स्थानिय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले प्रदेश सरकार छान्न र आफू आबद्ध पार्टीलाई जिताउन मद्दत गर्ने भएकाले यसलाई एक प्रकारको मिनी जनमत सग्रहका रुपमा दलहरुले लिन बाध्य भएका छन । जसले गर्दा एउटा सक्षम मानिसहरु दलविहिन रुपमा लडेर जित्ने संभवना एकदमै कमजोर हुने गर्दछ । राजनैतिक रुपमा राम्रो चेत भएका र समाजका लागि केही गरौ भन्ने मनकारी व्याक्ति आज दलको झोला नबोके चुनाव जित्न सक्ने स्थिती छैन । स्थानिय तहको निर्वाचन परिणामले पछिल्ला निर्वाचनमा असर गर्ने भएको हुदा यति बेला सवै दलहरुले आफ्नो पुरै तागत लगाएर आफ्ना कार्यकर्ता भर्ति गर्न कोशिष गर्दछन । यसर्थ एउटा व्याक्तिले एक्लो प्रयासमा स्थानिय तहको निर्वाचन लड्न साधन, श्रोत र शक्ति त्यति खर्चन सक्दैन जति दलहरुले सक्छन ।
यसपालीको स्थानिय तहमा एमाले भर्सेस पाँच दलिय गठबन्धनका बीच धमासान भिडन्त हुनेवाला छ । एमाले लाई केही होईन भन्नेहरु जसरी डुक्रिए पनि उनीहरुको आन्तरिक विश्लेषण एमाले नै सर्वशक्तिमान पार्टी हो भन्ने नै हो । गठबन्धन आफैले त्यो कुरा बोल्दछ । सवै मिलेर एमाले लाई साईजमा राख्ने जुन प्रयास देखिन्छ त्यो एक प्रकारले बहुदलिय प्रतिस्पर्धा को विरुद्धमा छ । उसो भए बहुदलीय व्यवस्था नै किन ल्याउनु परर्यो भन्ने सवाल स्वभाविक बहसका रुपमा उठन पर्दछ ।
गठबन्धनका कारण ती दलहरुलाई भविश्यपर्यन्त निक्कै क्षति पनि हुनेवाला छ । सवै मान्छे गठबन्धनमा ईमान्दार हुदैनन । नेताले गरेका सवै निर्णय कार्यकर्ताले मान्छन भन्ने पनि छैन यस्तो अवस्थामा कारबाहीको डण्डा नचलाउदा पार्टी छाड्ने र मौन बस्दा अन्र्तघात बढ्ने अवस्था रहन्छ । अहिले नै त्यसका लक्षणहरु देखा परिरहेका छन । सदा भन्दा धेरै दल अदलबदल गर्ने क्रम यसपाली देखिएको छ । माथिल्लो तहमा बस्ने, पूर्व साँसद देखि तल्लो तहका कार्यकर्ताहरुले आफ्नो पार्टीको फैसलाको अवज्ञा गर्ने वा पार्टी नै छाड्ने क्रम तिव्र छ । यसको प्रत्यक्ष फाईदा एमालेले लिने देखिएको छ । एमाले लाई एक्ल्याउछु भन्दा तुलनात्मक रुपमा एमाले थप बलियो हुदै गएको छ । त्यसपार्टीमा आउने को संख्या को तुलनामा छाड्ने को संख्या नगन्य छ ।
नयाँ नेतृत्वमा आएका राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनले भ्रष्टचार गर्नु आमाको रगत खानु बराबर हो भन्दै अन्य दलहरु विरुद्ध आक्रामक रुपमा प्रस्तुत भईरहदा पूर्व पञ्चहरु कांग्रेस छाडेर राप्रपामा जाने क्रम पनि उत्तिकै छ । जसको डर कांग्रेसलाई छ । तर उसले भरोसा गर्नै नसकिने पार्टीहरु जो सँग निती, विचार, सिद्धान्त र बाटो केही मिल्दैन उनीहरुलाई च्यापेर यो चुनाव लड्नु गंभिर त्रुटीको रुपमा लिनेको संख्या पनि कम छैन । उनीहरुले आफ्नो पार्टीको उमेद्धार नभएको स्थानिय तहमा गठबन्धनलाई मतदान गर्लान भनेर पत्याउन सकिन्न । यसैगरी आफूलाई बामपन्थी भन्ने माओवादी र माधव नेपालहरुका कार्यकर्ता स्यमले कांग्रेसको रुपमा मतदान गर्न रुचाएको देखिन्दैन । नेतृत्व तहमा जे भए पनि कार्यकर्ताको मनोविज्ञान बेग्लै छ । त्यसको लाभ एमाले ले र राप्रपाले लिने निश्चित छ ।
एक सर्भेक्षणका अनुसार ६ वटा महानगर मध्ये काठमाण्डौ ललितपुर, चितवन र पोखरामा गठबन्धनका बाबजुद एमालेले जित्ने दावी गरिएको छ । कांग्रेसको भागमा विराटनगर मात्र हात लाग्ने र विरगंजको मा पनि यसै भन्न सकिने अवस्था छैन । यसरी नै उपमहानगरहरुमा पनि अधिकांश ठाउमा एमाले ले जित्ने देखिन्छ । नगरपालीका तथा गाउँ पालिका को अवस्था पनि फिप्टी फिप्टी छ । यदि यस्तो भयो भने माओवादी र माधव बादीहरु को राजनैतिक अवस्था दयनिय हुन सक्छ र उनीहरु संघ र प्रदेशको चुनावमा कांग्रेसले दिएको भाग लिएर सानो दलका रुपमा खुम्चन पर्ने हुन सक्छ ।
अझै रोचक घट्नाक्रम त पर्दामा आउन बाकी नै छ । यसपाली सवै भन्दा धेरै बागी उमेद्धारको सामना गठबन्धन ले गर्न पर्ने हुन्छ । अधिकांश ठाउँमा कांग्रेसका स्वतन्त्र बागी उमेद्धार उठने संभावना छ । यसो भयो भने गठबन्धनमा उनीहरुलाई निक्कै नराम्रो परिणाम व्यहोर्न पर्ने दिन आउन सक्छ । यसले दिर्घकालिन रुपमा कांग्रेसलाई अझै कमजोर बनाउने छ । देउवाले गठबन्धनको गुन तिर्न खोज्दा कांग्रेस पार्टी नै कतै कन्तविजोग हुने अवस्थामा पुग्ने होईन भन्ने चिन्ता कांग्रेसीजनहरुमा नै व्याप्त देखिन्छ ।